Headline

‘रोनाल्डोलाई किनेर युभेन्टसले गल्ती गर्‍यो’

Published

on

इटालीका पुर्व अन्तराष्ट्रिय खेलाडी एन्टोनियो कसानोले युभेन्टसले क्रिष्चियानो रोनाल्डोलाई किनेर गल्ती गरेको बताएका छन् ।

रोनाल्डोले सन् २०१८ मा युभेन्टसका लागि ४ वर्षको सम्झौता गरेका थिए । रोनाल्डोले युभेन्टसलाई च्याम्पियन्स लिगमा बलियो टोली बनाउनेमा समर्थकहरु विश्वास गरे पनि अहिले सम्म च्याम्पियन्स लिगमा राम्रो प्रदर्शन गर्न नसके पछि कसानोले रोनाल्डो भित्याएर युभेन्टसले गल्ती गरेको बताए ।

“युभेन्टसले उनलाई च्याम्पियन्स लिगका लागि भित्याए पनि च्याम्पियन्स लिगमा उनले राम्रो प्रदर्शन गरेका छैँनन् बरु उनी बिनै युभेन्टस बलियो देखिन्थ्यो,” कसानोले भने ।

“रोनाल्डो बिना पनि त युभेन्टसले सिरी आ जितेको थियो अझै पनि जित्न सक्छ तर च्याम्पियन्स लिग ? त्यो भने पुरा हुन सकेको छैन,”

“रोनाल्डोले गोल मात्रै गर्ने त हो । उनको बाँया र दाँया खुट्टा दुवै चल्छ । सटहरु पनि निकै बलियो हुन्छ अझै हेडिङ त उत्कृष्ट नै छ तर पनि खै युभेन्टसले च्याम्पियन्स लिगमा राम्रो प्रदर्शन गरेको ?” उनले भने ।

“तर अहिले भने अन्द्रे पिर्लो आए पछि युभेन्टसले केही सुधार गरेको जस्तो देखिन्छ । पिर्लोले खेलाउने फुटबल रोनाल्डोलाई सुहाउने फुटबल भने हैन,”

“मलाई त लाग्छ रोनाल्डोले युभेन्टस आए पछि कहिले च्याम्पियन्स लिगमा राम्रो प्रदर्शन गर्न सकेका छैनन्,” कसानोले थप्छन ।

युभेन्टस गत सात मात्रै च्याम्पियन्स लिगमा पोर्चुगिज क्लब पोर्टोसँग २-१ ले स्तब्ध भएको थियो ।

Click to comment

Trending