Headline

वेष्ट ह्याम पराजित, सिटीलाई १३ अंकको अग्रता

Published

on

इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले वेस्ट ह्याम युनाइटेडलाई पराजित गर्दै १३ अकंको अग्रता लिएको छ । इतिहाद स्टेडियममा भएको खेलमा सिटीले वेस्ट ह्यामलाई २-१ गोलले पराजित गर्दै आफ्नो १४ औँ खेलको अपराजित यात्रालाई समेत कायम राखेको छ ।

सिटीको जितमा दुई सेन्टर डिफेन्डरहरु रुबेन डाएस र जोन स्टोनसले एक-एक गोल गरेका थिए । वेष्ट ह्यामका लागि भने मिकेल एन्टोनियोले एक गोल फर्काए।

सिटीका लागि पहिलो गोल रुबेन डाएसले ३० औँ मिनेटमा गरेका थिए । डाएसले पहिलो गोल केवेन डि ब्रुनले दिएको क्रसमा हेडिङ गर्दै गरेका थिए । तर खेलको ४३ मिनेटमा भने वेष्ट ह्यामले बराबरी गोल फर्कायो । जेसी लिङार्डको लो-क्रसमा मिकेल एन्टोनियोले गोल गरेका थिए ।

पहिलो हाफ १-१ को बराबरीमा सकिए पनि दोस्रो हाफमा भने सिटीले दोस्रो गोल गर्‍यो । सिटीका लागि खेलको ६८ मिनेटमा रिहाद महरेजको क्रसमा जोन स्टोनसले गोल गर्दै सिटीलाई २-१ को जित दिलाएका थिए ।

यस जितसंगै सिटी २६ खेलमा ६२ अकंका साथ दोस्रो स्थानको युनाईटेडसंग १३ अकं अग्रता लिएको छ । पराजित वेस्ट ह्याम भने २६ खेलमा ४५ अकंका साथ चौथों स्थानमा रहेको छ।

Click to comment

Trending