Headline

४१ बर्षिय गेल दुई तथा ३९ बर्षिय एडवार्डस् नौं बर्ष पछि वेस्ट इन्डिज टोलीमा

Published

on

४१ बर्षिय आक्रमक ब्याट्सम्यान क्रिस गेल र ३९ बर्षिय तिब्र गतिका बलर फिडेल एडवार्डस्ले वेस्ट इन्डिज राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । वेस्ट इन्डिज क्रिकेट बोर्डले श्रीलंका विरुद्धको तीन खेलको शृंखलाको लागि १४ सदस्यीय टोलीको नाम सार्वजनिक गर्दा गेल र एडवार्डस्लाई पनि टोलीमा स्थान दिएको हो ।

ट्वान्टी ट्वान्टीमा वेस्ट इन्डिजको लागि पछिल्लो पटक सन् २०१२ मा खेलेका एडवार्डस्ले नौं बर्ष पछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् । उनले पछिल्लो पटक सन् २०१२ मा सम्पन्न ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत श्रीलंका विरुद्धको खेलमा खेलेका थिए । यस अघि एडवार्डस्ले २० वटा ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा १६ विकेट हात पारेका थिए ।

त्यस्तै गेलले भने दुई बर्ष पछि राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । गेलले सन् २०१९ को मार्चमा इंग्ल्यान्ड विरुद्धको ट्वान्टी ट्वान्टी शृंखलामा वेस्ट इन्डिजको प्रतिनिधित्व गरेका थिए । ५८ खेल खेलेका गेलले १६ सय २७ रन बनाउनुको साथै १७ विकेट पनि लिएका थिए ।

‘हामी विश्वकपको उपाधि रक्षा गर्ने लक्ष्य सहित टोली निर्माण गर्दैछौं । त्यसैले हामी हाम्रो उत्कृस्ट टोली निर्माण गर्ने सोचले धेरै भन्दा धेरै खेलाडीलाई मौका दिएर हेर्न चाहन्छौं,’ मुख्य चयनकर्ता रोजर हार्परले बताए ।

वेस्ट इन्डिज र श्रीलंका बीचको तीन खेलको शृंखला मार्च तीन, पाँच र सात तरीकमा खेलिने छ ।

वेस्ट इन्डिज टोली :- किएरोन पोलार्ड, निकोलस पुरन, फाबियन एलेन, ड्वायन ब्राभो, फिडेल एडवार्डस्, आन्द्रे फ्लेचर, क्रिस गेल, जासन होल्डर, अकेल होसेन, एविन लेविस, ओबेड म्याकोय, रोवमन पावेल, लेन्डल सिमोन्स, केविन सिनक्लेयर

Click to comment

Trending