Headline

बि डिभिजन: बाँसबारी र श्री कुमारीको बराबरी

Published

on

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार भएको दोस्रो खेलमा बाँसबारी क्लब र श्री कुमारी क्लबले गोलरहित बराबरी खेलेका छन् ।

पहिलो हाफमा श्री कुमारीले बाँसबारीलाई राम्रो चुनौती दिएको थियो । मुभहरु बनाए पनि दुवै टोलीले गोल भने गर्न सकेनन् । ३९ औँ मिनेटमा आशिष राईले राम्रो मौकालाई सदुपयोग गर्न सकेनन् । यस्तै पहिलो हाफमा नै बाँसबारीका भिष्म राज घिमिरे ४१ औँ मिनेटमा गोल गर्नबाट चुके ।

बाँसबारीका लागि दोस्रो हाफ भने धेरै फाईदाजनक रहे पनि गोल गर्न सकेन । लगतार बललाई श्री कुमारीको डिबक्समा पुर्याए पनि फिनिसिङ भने गर्न सकेनन् । ६८ र ७६ औँ मिनेटमा बाँसबारीका लागि सजिन थापा मगर फेरी चुक्न पुगे । दुवै पटक लगतार राम्रो मौका पाएका सजिनको हेडिङले पोस्टको दिशा लिना भने सकेन् ।

८७ औँ मिनेटमा फेरी श्री कुमारीका लागि आशिष चुक्न पुगे । ९० मिनेट पछि थपिएको अतिरिक्त समयमा भने बाँसबारीका लागि गोलरक्षक रोशन नेपालले उत्कृष्ट गोल गरेका थिए । श्री कुमारीले पाएको कर्नरबाट आएको बलमा सन्तोष कुमार सिंहको हेडिङलाई राम्रो बचाउ गरे ।

बराबरीसँगै बाँसबारीले दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ । बाँसबारी १५ अंक सहित तेस्रो स्थानमा रहदा श्री कुमारी क्लब ७ अंक सहित आठौँ स्थानमा यथावत रहेको छ ।

Click to comment

Trending