Headline

बि डिभिजन: पुलचोक र श्री भगवतीको बराबरी

Published

on

शहिद स्मारक बि डिभिजन लिग अन्तर्गत शनिबार भएको पहिलो खेलमा रेलिगेसन जोनमा रहेका पुलचोक स्पोर्टस क्लब र श्री भगवती क्लबले गोलरहित बराबरी खेलेका छन् ।

पुलचोकले पहिलो हाफमा केही मौका बनाए पनि सदुपयोग गर्न सकेन । श्री भागवतीका लागि भने दुई पटक बल पोस्टमा लाग्द गोल गर्न सकेन । १२ औँ मिनेटमा मोहन बहादुर थापा मगरले गरेको प्रहर पोस्टमा लग्न पुग्यो ।

दोस्रो हाफमा पनि श्री भागवतीले बनाएको मौकाहरु गोल हुन सकेन । ४८ औँ मिनेटमा आरोन थापाले गरेको प्रहर फेरी क्रसबारमा लग्न पुग्दा श्री भगवती अग्रता लिना चुक्यो । फेरी पनि ५२ औँ मिनेटमा खाली पोस्टमा श्री भगवतीका लागि एलन थापाले गोल गर्न सकेनन् । ८८ औँ मिनेटमा श्री भागवतीले अर्को मौका पायो तर लगतार श्री भगवतीको प्रहारहरुलाई पुलचोकका राम बहदुर तमाङले र लक्षुमन तमाङले गोललाइनबाट क्लियर गर्दिएका थिए ।

बराबरीसँगै पुलचोक दुई अंकका साथ १२ औँ स्थानमा रहेको छ भने श्री भगवती नवौँ स्थानमा रहेको छ ।

Click to comment

Trending