Headline

पिएसएल खेल्न उड्दै सन्दिप

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) खेल्नका लागि आज पाकिस्तान उडेका छन् । सन्दिपले यस पटकको पिएसएलमा आफ्नो पुरानै टोली लाहोर कलन्दर्सबाट नै खेल्ने भएका हुन् । उनी कतार हुँदै पाकिस्तान पुग्ने छन् ।

यस अघि ड्राफ्टमा कुनै पनि टोलीले सन्दिपलाई लिएको थिएन । तर लाहोरका लेग स्पिनर रशिद खान घाइते भएका कारण तथा अफगानिस्तानले जिम्बाब्वे विरुद्ध टेस्ट खेल्ने भए पछि सन्दिपले पिएसएल खेल्ने मौका पाएका हुन् ।

अघिल्लो सिजन पनि कुनै पनि टोलीमा आबद्ध नभएका सन्दिपले सन् २०१९ को सिजनमा पनि लाहोरबाट नै खेलेका थिए । उक्त सिजन उनले सात खेल्दै ११ विकेट आफ्नो नाममा दर्ता गराएका थिए ।

पिएसएलको जारी सिजनमा तीन खेल खेलेको लाहोर चार अंकका साथ तेश्रो स्थानमा रहेको छ । उसले दुई खेलमा जित निकाल्दा एक खेलमा भने पराजय भोगेको छ ।

Click to comment

Trending