Headline

बायर्न म्युनिख समर्थकले भन्ने ‘मिया सान मिया’ के हो ?

Published

on

‘मिया सान मिया’ यो नारा धेरै बायर्न म्युनिखका खेलाडीहरुले च्याम्पियन्स लिग, बुन्डेसलिगा र अन्य कुनै प्रतियोगिता जिते पछि ठुला-ठुला आवाज चिच्याइरहेका हुन्छन् । तर यो मिया सान मिया भनेको चाँही के होला त ?

बार्सिलोनाको ‘मेस क्वे अन क्लब’ र लिभरपुलको ‘यु विल नेभर वाक अलोन’, यी वाक्यहरुले उनीहरूको टोली, क्लबको अर्थ र परिचयसँग जोडिएको छ ।

यस्तै बायर्न म्युनिखको पनि आफ्नै एक मोटो छ र त्यो हो मिया सान मिया तर यो भनेको के होला ? पढौँ यो रिपोर्ट:

मिया सान मिया भनेको के हो ?

“मिया सान मिया” आफैंमा जर्मन वाक्यांश “वाइर सिन्ड वायर” को बाभेरियन भाषाको एक वाक्य हो, जसको अंग्रेजीमा अनुवाद “हामी जो हौँ त्यही हौँ ” हुन्छ ।

यो वाक्यांश हरेक बायर्न म्युनिख समर्थक र खेलाडीको मुटुमा बसेको छ । यो वाक्य पहिलो पटक १९ औँ शताब्दीमा अष्ट्रो-हङेरियन साम्राज्य हुँदा उत्पन्न भएको मानिन्छ । त्यस पछि भने जर्मन राजनीतिज्ञ फ्रान्ज जोसेफ स्ट्रौसले नियमित रूपमा सन् १९६१ देखी १९८८ सम्म बभेरियामा क्रिश्चियन सामाजिक संघको अध्यक्ष रह्दा नियमित रुपमा भनेका थिए ।

बिस्तारै मिया सान मियाको चर्चा चुलिदै गए पछि १९८० को दशकमा भने बायर्न म्युनिखले लगतार तीन वर्ष युरोपियन कप जिते पछि यो आफ्नो नारा भएको दावी गरेको थियो । त्यो समय बायर्न म्युनिखका लागि यो नाराको निकै गहिरो अर्थ लाग्ने गर्थ्यो ।

तर बायर्नको मिया सान मिया सँग गहिरो सम्बन्ध भने १९८७ को युरोपियन फाइनल देखी सुरु भएको थियो । बायर्नका लेजेण्ड खेलाडीहरु हंस फ्लुगर लुडविग कोगल र हन्सी डोर्फनरले फाइनल सुरु हुनु भन्दा अगाडि खेलाडीहरुलाई हौस्याउन मिया सान मिया को शव्दमा ताल मिलाउदै गीत बनाउदै ड्रेसिङ रुममा गाएका थिए ।

तर फाइनलमा पोर्टोसँग पराजित भए पनि बायर्नलाई मिया सान मियाको लतले छोडेन । निकै प्रतिस्पर्धात्मक फाइनलमा अन्तिम मिनेट सम्म खेलेका बायर्नका खेलाडीका लागि मिया सान मियाले झन ठुलो अर्थ बोक्न पुग्यो । अहिले पनि यो नारा बायर्नको घरेलु र अन्तराष्ट्रिय सम्बन्धसँग बाँधिन पुगेको छ ।

“मिया सान मियाले हामीलाई सफलताका लागि निकै हौस्याउछ,” बायर्न स्टार थोमस मुलरले भने । “हामी कहिले काही हारिसकेको खेल पनि मिया सान मियाको गर्हिरो अर्थका कारण जित्ने गर्छौ । यसले बायर्नका खेलाडीलाई छुट्टै उर्जा दिन्छ,” उनले भने ।

“मिया सान मियाले बायर्नको जितका लागि खेलाडीहरुमा एउटा सशक्त मानसिकता स्थापित गर्छ । यसले खेलाडीहरुमा ठुलो आत्मबिश्वास भर्दिन्छ । जसले परिश्रम गर्दै मिया सान मियाका साथ अघि बड्छ त्यसले सफलता पाँउछ,” मुलरले भने ।

Click to comment

Trending