Headline

प्रिमियर लिगमा आज: सिटीलाई अपराजित यात्राा कायम राख्ने अवसर, लिड्स र एस्टन भिल्ला भिड्दै

Published

on

प्रिमियर लिग अन्तर्गत शनिबार २६ औँ चरणको खेलहरु सुरु हुँदै छन् । शनिबार हुने पहिलो खेलमा लगतारको १३ खेलमा अपराजित रहेको म्यानचेस्टर सिटीले वेष्ट ह्याम विरुद्ध खेल्दै छ ।

इतिहाद स्टेडियममा हुने खेलमा सिटीले वेष्ट ह्यामलाई हराउने हो भने दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडसँग १३ अंकको आग्रता लिने छ । सिटी हाल ५९ अंक सहित शिर्ष स्थानमा रहेको छ । वेष्ट ह्याम पनि उत्कृष्ट लयमा रहदै ४५ अंक शाहीत चौँथो स्थानमा रहेको छ ।

पछिल्ला दस खेल हेर्ने हो भने वेष्ट ह्यामले सिटीलाई एक खेलमा पनि पराजित गर्न सकेको छैन । अन्तिम पटक २०१५ मा २-१ ले पराजित भए यता एक पटक पनि वेष्ट ह्यामलाई जित्न नदिएको सिटीलाई यो खेलबाट आफ्नो अपराजित यात्रा कायम राख्ने अवसर पनि हुनेछ ।

सिटीका लागि सर्जियो अग्वेरो चोट पछि पहिलो पटक शुरुवाती एघारमा देखिने प्रवल सम्भावना छ ।

खेल नेपाली समय अनुसार ५:४५ मा सुरु हुने छ ।

यस्तै अर्को खेलमा भने लिड्स युनाइटेड र एस्टन भिल्ला भिड्दै छन् । धेरै समयमा इङ्ल्याण्डको दोस्रो डिभिजन, च्याम्पियन्शिपमा चिर प्रतिद्वन्दीको रुपमा खेलेका यि दुई टोली प्रिमियर लिगमा भने २००४ पछि दोस्रो खेल खेल्दै छन् । पहिलो भिडन्तमा प्याट्रिक ब्यामफोर्डको ह्याट्रीक सहित ३-० ले बिजयी भएको लिड्सलाई यो पटक पनि खेल जित्ने मौका छ ।

एस्टन भिल्ला हाल ३६ अंक सहित आठौँ स्थानमा रह्दा लिड्स युनाइटेड ३५ अंक सहित दसौँ स्थानमा रहने छ । लिड्सलाई फेरी पनि एस्टन भिल्लालाई हराउदै अंक तालिकामा आठौँ स्थानमा उक्लिने मौका हुने छ ।

एस्टन भिल्लाका लागि ज्याक ग्रिलिश इन्जुरीका कारण खेल्ने छैनन् ।

खेल नेपाली समय अनुसार ११:१५ मा सुरु हुने छ । यस्तै आज हुने अन्य खेलहरुमा वेष्ट ब्रोमले ब्राइटनसँग ८:४५ मा खेल्दा मध्य राती १:४५ मा न्युकासलले वुल्भ्सको सामना गर्ने छ ।

Click to comment

Trending