Headline

बि डिभिजन: मध्यपुरको पहिलो जित, टुसल पराजित

Published

on

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार भएको खेलमा टुसाल युथ क्लबलाई २-० ले हराउदै मध्यपुर युथ एसोसिएसनले पहिलो जित निकालेको छ ।

मध्यपुरको जितमा धीरज श्रेष्ठ र कैलाश लमिछानेले गोल गरे । मध्यपुरका लागि पहिलो गोल २३ औँ मिनेटमा धीरजले गरेका थिए । फ्रिकिकबाट आएको क्रसलाई धीरजले हेडिङ गर्दै गोल गरेका थिए ।

पहिलो हाफमा १-० ले अघि रहेको मध्यपुरलाई ६९ औँ मिनेटमा भने दोस्रो आग्रता लियो । मध्यपुरका लागि कैलाश लमिछानेले गोल गरे ।

मध्यपुरले जितसँगै चार अंक जोडेको छ । ११ औँ स्थानमा उक्लिएको मध्यपुर पुलचोक स्पोर्ट क्लब भन्दा तीन अंकले अघि रहेको छ । टुसाल भने पराजयसँगै छैँथौ स्थानमा रहेको छ ।

Click to comment

Trending