Headline

बि डिभिजन: शिर्ष स्थानको भिडन्तमा सातदोबाटोको रोमान्चक जित

Published

on

शहीद स्मारक बि डिभिजन लिग अन्तर्गत शुक्रबार भएको शिर्ष स्थानको लागि भएको भिडन्तमा सातदोबाटो युथ क्लबले खुमलटार युथ क्लब माथि ३-२ को रोमान्चक जित निकालेको छ ।

सातदोबाटोका लागी डोर्गे तामाङ,आशिष राई र भुवन बस्नेतले एक-एक गोल गर्दा खुमलटारका लागि भने सबिन केसी र अदिल हामीदले एक-एक गोल गरेका थिए ।

खेलको १० औँ मिनेटमा खुमलटारका सानिश कुमार नेपालीले सातदोबाटोका भुवन बस्नेतलाई डिबक्स भित्र ताने पछि खुमलटारले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीमा डोर्गे तमाङ चुकेनन् र खुमलटारलाई ११ औँ मिनेटमा पहिलो अग्रता दिलाएका थिए । तर खेलको २६ औँ मिनेटमा भने खुमलटारले बराबरी गोल गर्‍यो । डिबक्स बहिरबाट पाएको फ्रिकिकलाई खुमलटारका लागि कप्तान सविन केसीले गोल गर्दै १-१ को बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफमा भने खुमलटारले दोस्रो गोल गर्‍यो । आयुष घलानले गरेको फ्रिकिक प्रहारमा सातदोबाटोका गोलरक्षक सनम राई अगाडि बढे पछि खुमलटारका अदिल हामीदले ४८ औँ मिनेटमा हेडिङ गोल गरेका थिए । तर सातदोबाटोका लागि भने ५७ औँ मिनेटमा आषिश राइले गोल गर्दै टोलीलाई २-२ को बराबरीमा पुर्याए ।

सातदोबाटोका लागि तेस्रो गोल भने ६९ औँ मिनेटमा भुवन बस्नेतले गरेका थिए । उनले आशिष राईको क्रसमा गोल गर्दै टोलीलाई ३-२ को जित दिलाए ।
जितसँगै लिगमा सातदोबाटोले स्पष्ट तीन अंकको अग्रता सहित १९ अंक बनाएको छ भने दोस्रो स्थानमा खुमलटार १६ अंक सहित यथावत रहेको छ ।

Click to comment

Trending