Headline

रोनाल्डो विश्वको सबैभन्दा उत्कृष्ट खेलाडी हुन्ः ज्लाटन इब्राहिमोभिच

Published

on

फुटबलको उत्कृष्ट खेलाडी को हुन् भन्ने बहस निरन्तर चल्दै आएको छ । कुनै समय ब्राजिलका पेले र अर्जेन्टिनाका डिएगो म्यारोडोना र अहिले पोर्चुगलका क्रिष्चियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनेल मेस्सी, यो बहसमा धेरैको आफ्नो समय खर्चिएका छन् ।

तर स्विडिस फरवार्ड ज्लाटन इब्राहिमोभिच भने आफ्नो धारणमा स्पष्ट छन् । उनको लागि न पेले उत्कृष्ट हुन न त म्यारोडोना नै । मेस्सी र क्रिष्चियानो रोनाल्डो पनि उनको लागि उत्कृष्ट होइनन् ।

ज्लाटनका ब्राजिलका पुर्व फरवार्ड रोनाल्डोलाई विश्वका उत्कृष्ट फुटबल खेलाडी मान्छन् । ३९ वर्षिय इभ्राहिमोभिचका अनुसार ब्राजिललाई सन् २००२ को विश्वकप जिताउन प्रमुख भूमिका खेलेका रोंनाल्डो अद्वितीय प्रतिभा भएका खेलाडी हुन् । उनको खेलको शैली आजको दिन सम्म पनि अन्य खेलाडीसँग तुलना हुन सक्दैन ।

आफ्नो कुरा राख्न धेरै नसोच्ने इभ्राहिमोभिच भन्छन्ः “शायद मैलें रोनाल्डोको बारेमा धेरै बखान अथवा ब्याख्या गरिरहन पर्दैन । उनी नै सबैभन्दा उत्कृष्ट फुटबल खेलाडी हुन् ।”

“’मैलें सधैं दुईवटा कुरा भन्ने गर्दछु, एउटा फुटबल खेल्ने खेलाडी र अर्को त्यस्ता खेलाडी जो आफै फुटबल हुन् । रोनाल्डो आफैंमा फुटबल हुन् । यदि तपाई उनको खेल हेर्नु हुन्छ भने, सबै उनको जस्तो खेल्न र उनी जस्तो हुन लालायित हुन्छन् । उनले जसरि बल लिएर जान्छन्, सर्प जसरि बल अगाडी बढाउँछन् र गोल गर्दछन्, यसमा उनी नै उत्कृष्ट र राम्रा फुटबल खेलाडी रहेकोमा कुनै दुई मत छैन ।”

ब्राजिलियन क्लब क्रुजेरियोबाट आफ्नो खेल जीवन सुरु गरेका रोनाल्डोले पिएसभी आइन्डहोभन, बार्सिलोना, रियल म्याड्रिड, इन्टर मिलान, एसी मिलान जस्ता क्लबबाट खेलेका थिए ।

आफ्नो खेल जीवनमा ४५२ खेलमा २९६ गोल गरेका रोनाल्डोले तीन पटक फिफा वल्र्ड प्लेयर अफ द इयर र दुई पटक बालन डी’ओर जितेका थिए । त्यस्तै उनी बालन डि’ओर जित्ने सबैभन्दा कान्छा खेलाडी पनि हुन् ।

सन् १९९४ मा ब्राजिलले विश्वकप चुम्दा बेञ्चमा नै बिताएका रोनाल्डोले ब्राजिललाई सन् १९९८ को विश्वकपमा फाइनल सम्मको यात्रा गराएका थिए भने सन् २००२ मा उपाधी हात पार्दा फाइनलमा दुई गोल सहित कुल आठ गोल गरेका थिए ।

Click to comment

Trending