Headline

कप्तान मल्ल राजर्षी गुरुकुलको खेलकुद सल्लाहकार नियुक्त

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल राजर्षी गुरुकुल स्कुलको प्रमुख खेलकुद सल्लाहकार नियुक्त भएका छन् ।

बिहिबार गुरुकुल स्कुलमा आयोजित एक कार्यक्रमका स्कुलका अध्यक्ष राजेश चौधरी र ज्ञानेन्द्रले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता एक बर्षको रहने छ भने सम्झौता अनुसार ज्ञानेन्द्रले गुरुकुलको खेलकुद अगाडी बढाउनका लागि मद्धत गर्नेछन् ।

सम्झौता पछि चौधरीले ज्ञानेन्द्रसँग सहकार्य गर्न पाएकोमा खुशी ब्यक्त गरे । ‘ज्ञानेन्द्र नेपाली क्रिकेटको ठुलो नाम हो । हामी भविष्यमा नेपाली क्रिकेटसँग पनि सहकार्य गर्न चाहन्छौं र यो सुरुवात मात्र हो ।’

ज्ञानेन्द्रले पनि आफु गुरुकुलसँग सहकार्य गर्न पाएकोको गौरवान्दित भएको जनाए ।उनले भने, ‘जसरी स्कुलले खेलकुदमा लगानी गरेको छ त्यसले पनि देखाउँछ कि गुरुकुलले पढाईमा मात्र नभएर बिद्यार्थीको समग्र विकासमा ध्यान दिएको छ भनेर । गुरुकुल एक प्रतिष्ठित संस्था हो । यस संस्थासँग आबद्ध हुन पाउँदा खुशी र गौरवान्दित छु ।’

Click to comment

Trending