अन्तर्राष्ट्रिय

तेश्रो टेस्ट जित्न भारतलाई ४९ रनको सामान्य लक्ष्य

Published

on

अक्सर पटेल र रविचन्द्रन अश्विनले घातक बलिङ गरे पछि घरेलु टोली भारतले इंग्ल्यान्ड विरुद्धको तेश्रो टेस्ट जित्न ४९ रनको सामान्य लक्ष्य पाएको छ ।

इंग्ल्यान्डलाई पहिलो पारीमा ११२ रनमा रोकेको भारतले आफ्नो पहिलो पारीमा १४५ रन मात्र बनाउन सक्यो । पहिलो पारीको आधारमा ३३ रनको अग्रता लिन सफल भएको भारतले इंग्ल्यान्डलाई दोश्रो पारीमा ८१ रनमा रोके पछि रनको लक्ष्य पाएको हो ।

दोश्रो पारीमा इंग्ल्यान्डलाई सानो योगफलमा रोक्ने क्रममा पटेलले सर्वाधिक पाँच विकेट हात पारे भने अश्विनले चार तथा वाशिंगटन सुन्दरले पनि एक विकेट आफ्नो नाममा लेखाए । पटेलले पहिलो पारीमा पनि पाँच विकेट आफ्नो नाममा दर्ता गराएका थिए । दोश्रो टेस्ट खेलेका पटेलको चार पारीमा यो तेश्रो फाइब-विकेट हल हो ।

दोश्रो पारीमा इंग्ल्यान्डको तर्फबाट बेन स्टोक्सले सर्वाधिक २५ तथा कप्तान जो रुटले १९ तथा ओली पपले १२ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

इंग्ल्यान्डका कप्तान जो रुटले घातक बलिङ गर्दा भारतले तेश्रो टेस्टको पहिलो पारीमा ३३ रनको झिनो अग्रता मात्र लिन सफल भएको थियो ।

दोश्रो दिनको खेल तीन विकेटको नोक्सानीमा ९९ रनको स्थितीबाट सुरु गरेको भारतले बाँकी सात विकेट गुमाउँदा ४६ रन मात्र जोड्न सक्यो ।

भारतको पारी ध्वस्त पार्ने क्रममा इंग्ल्यान्डका कप्तान जो रुटले छ दशमलब दुई ओभर बलिङ गर्दै तीन मेडन ओभर सहित आठ रन खर्चिएर सर्वाधिक पाँच विकेट हात पारे । रुटको टेस्टमा यो पहिलो पाँच विकेट हो । रुट बाहेक ज्याक लिचले पनि चार विकेट आफ्नो नाममा दर्ता गराउन सफल भए ।

भारतको तर्फबाट पहिलो दिन ५७ रनमा अविजित रहेका रोहित शर्मा ६६ रनमा आउट भए भने एक रनमा अविजित रहेका अजिंक्य रहानेले पनि सात रन भन्दा जोड्न सकेनन् । रविचन्द्रन अश्विनले पनि १७ रनको पारी खेले भने इशान्त शर्मा १० रनमा अविजित रहे । विकेट किपर ब्याट्सम्यान रिशब पन्त एक रनमा आउट हुँदा वाशिंगटन सुन्दर र अक्सर पटेलले रनको खाता सम्म पनि खोल्न भ्याएनन् ।

यस अघि अक्सर पटेलले घातक बलिङ गर्दै छ विकेट हात पारे पछि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले इंग्ल्यान्डले ४८ दशमलब चार ओभर खेल्दै आफ्नो पहिलो पारीमा सबै विकेट गुमाएर ११२ रन मात्र बनाउन सकेको थियो ।

चार खेलको टेस्ट शृंखला १-१ को अवस्थामा रहेको छ । पहिलो टेस्ट इंग्ल्यान्डले २२७ रनको फराकिलो अन्तरले जितेको थियो भने दोश्रो टेस्टमा भारतले ३१७ रनको विशाल जित दर्ता गराउन सफल भएको थियो ।

Click to comment

Trending