Headline

बि डिभिजन: बिनोदको ह्याट्रीकमा ब्वाइज युनियन बिजयी

Published

on

सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा ब्वाइज युनियन क्लबले फराकिलो जित निकालेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा ब्वाइज युनियनले झम्सिखेल युथ क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको छ  ।

ब्वाइज युनियनको जितमा विनोद राईले ह्याट्रिक गरे भने टंक बहादुर सिङ्दानले एक गोल गरे ।

खेलको २६ औं मिनेटमा कप्तान टंकले गोल गर्दै ब्वाइज युनियनलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १-० गोलले अघि रहेको युनियनले दोस्रो हाफमा तीन गोल थप्यो ।  सब्स्टिच्युट खेलाडी बिनोद राईले तीन गोल गर्यो ।

खेलको ६४ औं मिनेटमा विनोदले गोल गर्दै टिमको अग्रता २-० को बनाए । खेलको ८५ औं मिनेटमा विनोदले व्यक्तिगत दोस्रो गोल गर्दा ब्वाइज युनियन ३-० ले अघि रह्यो । त्यसपछि खेलको इन्जुरी समयमा विनोदले ह्याट्रिक पुरा
गर्दै टिमलाई ४-० को जित दिलाए ।

जितसँगै ब्वाइज युनियन लिगको चौंथो स्थानमा उक्लिएको छ । ब्वाइज युनियनले ७ खेलमा ११ अंक जोड्दा झम्सिखेल ७ खेलमा ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

Click to comment

Trending