अन्तर्राष्ट्रिय

जो रुटले घातक बलिङ गर्दा भारतलाई झिनो अग्रता

Published

on

इंग्ल्यान्डका कप्तान जो रुटले घातक बलिङ गर्दा भारतले तेश्रो टेस्टको पहिलो पारीमा ३३ रनको झिनो अग्रता मात्र लिन सफल भएको छ ।

दोश्रो दिनको खेल तीन विकेटको नोक्सानीमा ९९ रनको स्थितीबाट सुरु गरेको भारतले बाँकी सात विकेट गुमाउँदा ४६ रन मात्र जोड्न सक्यो ।

भारतको पारी ध्वस्त पार्ने क्रममा इंग्ल्यान्डका कप्तान जो रुटले छ दशमलब दुई ओभर बलिङ गर्दै तीन मेडन ओभर सहित आठ रन खर्चिएर सर्वाधिक पाँच विकेट हात पारे । रुटको टेस्टमा यो पहिलो पाँच विकेट हो । रुट बाहेक ज्याक लिचले पनि चार विकेट आफ्नो नाममा दर्ता गराउन सफल भए ।

भारतको तर्फबाट पहिलो दिन ५७ रनमा अविजित रहेका रोहित शर्मा ६६ रनमा आउट भए भने एक रनमा अविजित रहेका अजिंक्य रहानेले पनि सात रन भन्दा जोड्न सकेनन् । रविचन्द्रन अश्विनले पनि १७ रनको पारी खेले भने इशान्त शर्मा १० रनमा अविजित रहे । विकेट किपर ब्याट्सम्यान रिशब पन्त एक रनमा आउट हुँदा वाशिंगटन सुन्दर र अक्सर पटेलले रनको खाता सम्म पनि खोल्न भ्याएनन् ।

यस अघि अक्सर पटेलले घातक बलिङ गर्दै छ विकेट हात पारे पछि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले इंग्ल्यान्डले ४८ दशमलब चार ओभर खेल्दै आफ्नो पहिलो पारीमा सबै विकेट गुमाएर ११२ रन मात्र बनाउन सकेको थियो ।

चार खेलको टेस्ट शृंखला १-१ को अवस्थामा रहेको छ । पहिलो टेस्ट इंग्ल्यान्डले २२७ रनको फराकिलो अन्तरले जितेको थियो भने दोश्रो टेस्टमा भारतले ३१७ रनको विशाल जित दर्ता गराउन सफल भएको थियो ।

Click to comment

Trending