Headline

ग्यारी फिलिप्स नेपाली महिला राष्ट्रिय टोलीको प्रशिक्षक नियुक्त

Published

on

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा ग्यारी फिलिप्सलाई नियुक्त गरेको छ ।

ग्यारीले एन्फा टेक्निकल डाईरेक्टरका रुपमा काम गरिसकेका छन् । एन्फाले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) देखी खाली रहेको प्रशिक्षक पदमा ग्यारीलाई जिम्मेवारी दिएको हो ।

ग्यारीलाई प्रशिक्षक नियुक्त गरेसँगै एन्फाले मार्च अन्तिम साता वा अप्रिल पहिलो साता महिला टोलीलाई प्रशिक्षणमा बोलाउने तयारी गरेको छ ।

ग्यारीले यस अघि पपुवा न्युगिनीको राष्ट्रिय महिला टोली समेत हेरेका थिए भने उनले मलेसियाको क्लबको टेक्निकल डाईरेक्टरको भुमिका निर्वाह गरिसकेका छन् । अष्ट्र्लियन ग्यारीले फिलिपिन्समा पनि काम गरिसकेका छन् ।

Click to comment

Trending