Headline

बि डिभिजन: आरसिटीको नयाँ बस्ती विरुद्ध पुनरागमन जित

Published

on

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा जारी बि डिभिजन लिगमा रानीपोखरी कर्नर टिम (आरसिटी) ले नयाँ बस्ती युवा क्लबलाई ४-२ ले हराएको छ ।

एक समय २-१ ले पछि परेको आरसिटीलाई जित दिलाउन अजित गुरुङले दुई,सुरेन खवास र विश्व थापाले एक-एक गोल गरेका थिए । नयाँ बस्तीका लागि भने गणेश हमाल र सचु गुरुङले एक-एक गोल गरे ।

खेलमा पहिलो आरसिटीले गरेको थियो । खेलको पाँचौँ मिनेटमा नयाँ बस्तीका डिफेन्डरले सिसास थापालाई लडाए पछि आरसिटीले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीमा गोल गर्दै आरसिटीलाई अग्रता दिलाएका थिए । तर खेलको १९ औँ मिनेटमा भने नयाँ बस्तीले बराबरी गर्‍यो । नयाँ बस्तीका लागि काउन्टर अट्याकमा गणेश हामालले गोल गरेका थिए ।

पहिलो हाफमा १-१ को बराबरी खेलेको आरसिटीले दोस्रो हाफमा तीन गोल गर्दा नयाँ बस्तीले एक गोल मात्र गर्‍यो ।

नयाँ बस्तीले लागि दोस्रो हाफको ५० औँ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । नयाँ बस्तीका लागि सचु गुरुङले गोल गरेका थिए । तर आरसिटीले ६५ औँ मिनेटमा भने गोल फर्कायो ।

नयाँ बस्तीका गोलरक्षक बिकेस श्रेष्ठले समाएको बल धेरै समय होल्ड गरे पछि आरसिटीले इन्डाइरेक्ट फ्रिकिक पाएको थियो । उक्त फ्रिकिक डिल्फेक्ट हुँदै आए पछि सुरेन खवासले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याएका थिए । त्यस पछी आरसिटीले ८३ औँ मिनेट र ८५ औँ मिनेटमा लगतार दुई गोल गरेको थियो । आरसिटीका लागि विश्व थापा र अर्को गोल अजित गुरुङले गरेका थिए ।

जितसँगै आरसिटी ९ अंक सहित पाँचौँ स्थानमा उक्लिएको छ । नयाँ बस्ती भने लिगमा यो तेस्रो पराजय हो । नयाँ बस्ती चौँथो स्थानमा यथावत रहेको छ ।

Click to comment

Trending