Headline

सन्दिप मेयर कप खेल्छन् कि खेल्दैनन् ?

Published

on

सन्दिप लामिछानेले नेपालको घरेलु क्रिकेट नखेलेको झण्डै तीन बर्ष भइसकेको छ । पछिल्लो पटक उनले घरेलु क्रिकेटमा २०१८ को एभरेष्ट प्रिमियर लिग खेलेका थिए ।

गत महिना प्रधानमन्त्री कप सञ्चालनमा आउदा उनी अष्ट्रेलियन बिग ब्यास लिग खेलिरहेका थिए । यसअघिको प्रधानमन्त्री कपमा उनी नेपालमै रहेपनि आखाको शल्यकृयाको कारण बिश्राममा रहेका थिए । यसपटक भने झण्डै तीन बर्षपछि सन्दिपलाई घरेलु क्रिकेटमा पुनरागमन गर्ने मौका मिलेको छ ।

फागुन २२ गतेदेखिको लागि तय गरिएको मेयर कप एकदिवसीय क्रिकेट प्रधानमन्त्री कपभन्दा प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्री कपको सेमिफाइनल प्रवेश गरेका चार टोली र एक ६ प्रदेश टोलीहरुको उत्कृष्ट खेलाडीहरुबीचको संयुक्त टोली रहने मेयर कप नेपालकै सशक्त टोलीहरुबीचको प्रतियोगिता हुने निश्चि छ ।

सन्दिप मेयर कप खेल्छन् कि खेल्दैनन् भन्ने धेरै समर्थकहरुको चर्चाको विषय बनेको छ । “मलाई थाहा पनि थिएन मैले नेपालको घरेलु क्रिकेट नखेलेकै यति लामो समय भइसक्यो भनेर,” सन्दिपले क्रिकेटिङ्गनेपाललाई भने । “म यस पटक भने मेयर कपमा खेल्दै घरेलु क्रिकेटमा पुनरागमन गर्न चाहन्छु । अहिलेको समयमा म खाली बसेको कारण पनि म खेल्नेमा बिश्वस्त छु ।”

“यसअघि प्रधानमन्त्री कप नखेलेका कारण मेरो खेल्ने आशाले मात्र पनि पुग्छ जस्तो लाग्दैन । यसका लागि मैलें पहल गर्दैछु र क्यान लगातयत विभागीय टोलीमा पनि कुरा राखेको छु । सायद १–२ दिनमा मैलें खेल्ने वा नखेल्ने भन्ने विषयमा केहि नतिजा आउला ।”

८ दिनसम्म चल्ने प्रतियोगिता मुलपानी क्रिकेट मैदान र त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछ । एक चरणको राउण्ड रोेबिन लिगपछि शिर्ष स्थानका दुई टोली सिधै फाइनल प्रवेश गर्नेछन् ।

नेपालले सहभागिता जनाउने भनिएको ओमान र अमेरिका सम्मिलित आईसिसि क्रिकेट बिश्वकप लिग टु को ट्राइ सिरिज स्थागित भएपछि क्यान मेयर कपको तैयारीमा जुटेको हो ।

 

Click to comment

Trending