Headline

हफिजले लत्याए पाकिस्तानको क्रिकेट बोर्डको सेन्ट्रल कन्ट्रयाक्ट

Published

on

पाकिस्तान क्रिकेट टोलीका पुर्व कप्तान तथा मध्यक्रमका ब्याट्सम्यान मोहम्मद हफिजले पाकिस्तान क्रिकेट बोर्डको सेन्ट्रल कन्ट्रयाक्ट लत्याएका छन् ।

पाकिस्तान क्रिकेट बोर्डले हफिजलाई ‘सी’ ग्रेडको सेन्ट्रल कन्ट्रयाक्ट दिएका कारण रुष्ट हुँदै उनले कन्ट्रयाक्ट लत्याएका हुन् । यस विषयमा हफिजले भने आफ्नो अधिकारिक धारणा व्यक्त गरेका छैनन् ।

तर पाकिस्तान क्रिकेट बोर्डका प्रमुख कार्यकारी वासिम खानले भने हफिजले बोर्डको सेन्ट्रल कन्ट्रयाक्टको प्रस्ताब लत्याएकोमा दुख व्यक्त गरेका छन् । ‘हामीले हफिजको पछिल्लो प्रदर्शनलाई हेर्दै उनलाई सी ग्रेडको सेन्ट्रल कन्ट्रयाक्ट दिने निर्णय गरेका थियौं। तर उनले आफ्नो प्रस्ताब लत्त्याएका छन् । उनको यस निर्णयले हामीलाई निकै दुखी बनाएको छ । तर पनि हामी उनको निर्णयको सम्मान गर्दछौं ।’

‘आशा छ उनले सेन्ट्रल कन्ट्रयाक्ट प्रस्ताब नमाने पनि पाकिस्तान टोलीको लागि यस अघि जस्तै उत्कृस्ट प्रदर्शन गर्नेछन् । पछिल्लो बर्ष उनी पाकिस्तान टोलीको उत्कृस्ट प्रदर्शन गर्ने खेलाडीहरु मध्य एक रहेका थिए र उनले भविष्यमा हुने दक्षिण अफ्रिका विरुद्धको शृंखलामा पनि जारी राख्ने छन् भन्नेमा आशावादी रहेका छौं । ‘

टेस्टबाट सन् २०१८ को अन्त्यमा सन्यास घोषणा गरेका हफिजले एकदिवसीय भने सन्यासको घोषणा गरेका छैनन् । तर सन् २०१९ मा इंग्ल्यान्डमा सम्पन्न विश्वकपमा बंगलादेश विरुद्धको खेल पछि भने उसले पाकिस्तानको एकदिवसीय टोलीमा स्थान बनाउन सकेका छैनन् ।

तर उनले ट्वान्टी ट्वान्टीमा भने पाकिस्तानको लागि खेल्दै आएका छन् । यस अघि सन् २०१९ र सन् २०२० को सिजनमा पनि उनी कन्ट्रयाक्ट बिहिन रहेका थिए । तर पाकिस्तान क्रिकेट बोर्डले सन् २०२० मा उनलाई ‘ए’ ग्रेडको खेलाडीलाई दिने म्याच फि र सुबिधा दिएको थियो । यस पटक भने बोर्डले उनलाई ‘सि’ ग्रेडको कन्ट्रयाक्ट दिने निर्णय गरेको थियो ।

त्यस्तै पाकिस्तान क्रिकेट बोर्डले मोहम्मद रिजवानलाई ‘बि’ ग्रेडबाट ‘ए’ ग्रेडमा राखेको छ भने फवाद आलमलाई ‘सी’ मा राखेको छ ।

Click to comment

Trending