Headline

सिटीको सहज जितपछि पनि ग्वार्डियोला असन्तुष्ट

Published

on

जर्मन टोली बोरुसिया मोइन्चेनग्ल्याडब्याचबिरुद्ध २–० को सहज जित निकाल्दै आकर्षक खेल प्रदर्शन गरेपछि म्यानचेस्टर सिटी व्यवस्थापक पेप ग्वार्डियोलाले आफ्नो टोलीबाट अझै अपेक्षा गरेका छन् ।

बुधबार राति भएको च्याम्पियन्स लिग अन्तिम १६ को अवे खेलमा ग्ल्याडब्याचलाई सहज रुपमा पराजित गर्दै लगातार १९ औं जित निकाल्दै सिटीले एउटा खुट्टा प्रतियोगिताको क्वार्टर–फाइनलमा राखेको हो । बुडापेस्टमा सिटीका लागि बर्नार्डो सिल्भा र ग्याब्रियल जिजसले गोल गरेका थिए ।

तर सिटीले ठूलै गोल अन्तरले जित्नु पर्ने थियो । “हामीले खेल नियन्त्रणमा त लियौं तर हामी त्यति क्लिनिकल भने थिएनौं,” ग्वार्डियोलाले खेलपछि भने ।

“च्याम्पियन्स लिगमा हामी निकै सुधारिनु आवश्यक छ । अग्रपंक्तिमा हामीले पाएको मौकाहरुलाई शत प्रतिशत रुपमा परिणत गर्नु पर्नेछ । मौका खेर फाल्नु भनेको अर्को टोलीलाई अवसर दिनु हो,” ग्वार्डियोलाले भने ।

२९ औं मिनेटमा जाओ क्यान्सेलो क्रसमा सिल्भाले हेडरमार्फत सिटीलाई अग्रता दिलाएका थिए । त्यसपछि दुवै खेलाडी मिलेर जिजसको लागि ६२ औं मिनेटमा दोश्रो गोलको अवसर सृजना गरेका थिए ।

४३ बर्षमा पहिलो पटक च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलमा स्थान बनाएको ग्ल्याडब्याचले कुनै पनि समय सिटीलाई टक्कर दिन सकेको थिएन । म्यानचेस्टरमा हुने दोश्रो लेगका लागि उसले धेरै नै मिहिनेत गर्नु पर्ने देखिन्छ ।

Click to comment

Trending