अन्तर्राष्ट्रिय

अक्सर पटेल सामु निरिह इंग्ल्यान्ड, पहिलो पारीमा ११२ रनमा समेटिन पुग्यो

Published

on

बायाँ हाते स्पिनर अक्सर पटेलले घातक बलिङ गर्दै छ विकेट हात पारे पछि भारत विरुद्धको तेश्रो टेस्टको पहिलो पारीमा इंग्ल्यान्ड मात्र ११२ रनमा समेटिएको छ ।

खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको इंग्ल्यान्डले ४८ दशमलब चार ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर ११२ रन मात्र बनाउन सक्यो ।

इंग्ल्यान्डको तर्फबाट ओपनर ज्याक क्रलीले सर्वाधिक ५३ रन बनाए भने कप्तान जो रुटले १७, बेन फोक्स १२ तथा जोफ्रा आर्चर ११ ले मात्र दोहोरो अंकमा रन जोड्न सके ।

इंग्ल्यान्डका अन्य ब्याट्सम्यानहरुमा ओपनर डोम सिब्ली र जोनी बैरस्टो दुबै रनको खाता पनि नखोली पेभेलियन फर्किए भने बेन स्टोक्स छ, ओली पोप एक, ज्यान लिच तीन, स्टुवार्ट ब्रोड तीन रनमा आउट हुन पुगे ।

इंग्ल्यान्डको पारी ध्वस्त पार्ने क्रममा पटेलले २१ दशमलब चार ओभर बलिङ गर्दै छ मेडन ओभर सहित ३८ रन खर्चिएर छ विकेट हात पारे । पटेलको दोश्रो टेस्टमा यो दोश्रो पाँच विकेट हो । चेन्नाईमा भएको दोश्रो टेस्टका क्रममा टेस्टमा डेब्यु गरेका उनले दोश्रो पारीमा ६० रन खर्चिएर पाँच विकेट हात पारेका थिए ।

पटेल बाहेक रविचन्द्रन अश्विनले तीन तथा इशान्त शर्माले पनि एक विकेट आफ्नो नाममा दर्ता गराए ।

चार खेलको टेस्ट शृंखला १-१ को अवस्थामा रहेको छ । पहिलो टेस्ट इंग्ल्यान्डले २२७ रनको फराकिलो अन्तरले जितेको थियो भने दोश्रो टेस्टमा भारतले ३१७ रनको विशाल जित दर्ता गराउन सफल भएको थियो ।

Click to comment

Trending