Headline

बि डिभिजन: श्री भागवती पराजित, आशिष एक्लैको चार गोल

Published

on

सातदोबाटो स्थित एन्फा क्मप्लेक्समा जारी बि डिभिजन लिगमा श्री कुमारी क्लबले श्री भगवती क्लबलाई ४-१ ले हराएको छ । श्री कुमारीका लागि आशिष राई एक्लैले चार गोल गरे । श्री भागवतीका लागि भने एक गोल नवराज गुरुङले गरेका थिए । a

श्री कुमारीका लागि खेलमा पहिलो गोल २० औँ मिनेटमा भएको थियो । कुमारीका लागि आशिष राईले गोल गरेका थिए । उनले बिवेक पुनले दिएको पासलाई गोलमा परिणत गरेका थिए । पहिलो हाफमा १-० ले अगाडि रहेको कुमारीले लागि दोस्रो हाफमा दिन गोल गर्‍यो ।

कुमारीका लागि दोस्रो गोल पनि ५३ औँ मिनेटमा आषिश नै गरे । कुमारीका लागि तेस्रो गोल पनि आशिषले नै ६५ औँ मिनेटमा गरेका थिए ।

कुमारीका लागि आशिषले चौँथो गोल गरे । उनले किपरलाई बिट गर्दै ७७ औँ मिनेटमा गोल गरेका थिए । यस्तै ९० मिनेट पछि थपिएको अतिरिक्त समयमा भने श्री भगवतीका लागि नवराज गुरुङले सान्त्वना गोल फर्काए ।

जितसँगै श्री कुमारी छ अंक सहित साँतौ स्थानमा उक्लिएको छ भने पराजित भएको श्री भागवती क्लब आठौँ स्थानमा झरेको छ ।

Click to comment

Trending