Trending

किसुनजीको नाममा हाफ म्याराथन हुने

Published

on

नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले पूर्व प्रधानमन्त्री एवं सन्त नेता कृष्ण प्रसाद भट्टराई (किसुनजी) को नाममा महिला तथा पुरुष हाफ म्याराथन आयोजना गर्ने भएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश संयोजक एवं केन्द्रिय सदस्य दीपक गुरुङ्गले चैत्र २२ गते प्रथम किसुनजी स्मृती राष्ट्रिय महिला तथा पुरुष खुल्ला हाफ म्याराथन आयोजना गर्न लागिएको जानकारी गराए । प्रतियोगितालाई भविष्यमा अन्तराष्ट्रिय स्तरको प्रतियोगिताको रुपमा रुपान्तरित गर्दै जाने र नव खेलाडी उत्पादनलाई समेत जोड्दै जाने संयोजक गुरुङ्गले बताए ।

करिब ९ लाख अनुमानित बजेट रहेको प्रतियोगितामा विजयी शिर्ष तीन खेलाडीहरुले नगद २५ हजार, १५ हजार र १० हजार प्राप्त गर्नेछन् । यस्तै चौथो र पाँचौ स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद ५-५ हजार प्राप्त गर्नेछन् ।

म्याराथन काठमाण्डौ क्षेत्र नं ४ गोल्फुटारस्थित बास्केटबल कोर्टबाट सुरु हुँदै धुम्बाराही चोक, चावहिल, गौशाला, रातोपुल, ज्ञानेश्वर, कमलपोखरी, जयनेपाल हल, दरवारमार्ग, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, बुढानिलकण्ठ प्रहरी बिट हुँदै पुनः सोहिस्थानमा आएर समापन हुने कार्यक्रममा जानकारी गराईयो ।

Click to comment

Trending