Headline

मेयर कप एकदिवसीय क्रिकेटका लागि ६ प्रदेशका उत्कृष्ट खेलाडीहरुको संयुक्त टिम बन्ने

Published

on

नेपाल क्रिकेट संघको आयोजना गर्ने भनिएको मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिता फागुन २२ गतेदेखि शुरु हुने भएको छ ।

प्रतियोगितामा गत महिना सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटका चार सेमिफाइनलिस्ट टोलीहरुसँगै अन्य प्रदेश टिमका उत्कृष्ट खेलाडीहरुबाट बनेको संयुक्त टोलीको सहभागिता रहनेछ ।

प्रधानमन्त्री कपमा सेमिफाइनल पुगेका टोलीहरुमा तीन बिभागीय – नेपाल पुलिस, त्रिभुवन आर्मी, नेपाल एपिएफ क्लब – बाहेक बागमती प्रदेश रहेका थिए । प्रदेश १, प्रदेश २, लुम्बिनी प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उत्कृष्ट खेलाडीहरु छानिएर बनेको टोलीलाई काठमाडौं महानगरपालिका टिम नाम दिइने क्यानले जनाएको छ ।

८ दिनसम्म चल्ने प्रतियोगिता मुलपानी क्रिकेट मैदान र त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछ । एक चरणको राउण्ड रोेबिन लिगपछि शिर्ष स्थानका दुई टोली सिधै फाइनल प्रवेश गर्नेछन् । प्रधानमन्त्री कपको फाइनलमा आर्मीले एपिएफलाई हराउदै जितेको थियो ।

प्रतियोगिताको लागि हाल त्रिवि मैदानमा जारी रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण पनि क्यानले स्थगित गरिसकेको छ ।

नेपालले सहभागिता जनाउने भनिएको ओमान र अमेरिका सम्मिलित आईसिसि क्रिकेट बिश्वकप लिग टुको ट्राइ सिरिज स्थागित भएपछि क्यान मेयर कपको तैयारीमा जुटेको हो ।

Click to comment

Trending