Headline

बि डिभिजन: टुसाललाई पराजित गर्दै बाँसबारी तेस्रो स्थानमा

Published

on

भिष्म राज गुरुङको दुई गोल र अनिल गुरुङले एक गोल गरे पछि बाँसबारी क्लबले टुसाल युथ क्लबलाई ३-१ ले हराएको छ । टुसालका लागि भने एक गोल सुनिल धामीले गरे ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्सक्क खेल मैदानमा जारी बि डिभिजन लिगको खेलमा पहिलो गोल बाँसबारीले पाँचौ मिनेटमै गरेको थियो । बाँसबारीका लागि भिष्म राज गुरुङले टुसालका गोलरक्षक दिपेस श्रेष्ठ आफ्नो पोजिसनबाट बहिर आएको मौकाको फाईदा उठाउदै डिबक्स बहिरबाट गरेको फ्लिक गोल भएको थियो । यस्तै बाँसबारीले अर्को गोल ३४ औँ मिनेटमा गर्‍यो । बाँसबारीका लागि दोस्रो गोल प्नी भिष्मले नै गरे । फेरी गोलरक्षक अगाडि आएको स्थितीमा भिष्मले हेडिङ गर्दै गोल गरेका थिए ।

पहिलो हाफमा दुई गोलले आग्रता लिएको बाँसबारीले दोस्रो हाफमा एक गोल गर्दा अर्को एक गोल खान पुग्यो । बाँसबारीका लागि तेस्रो गोल भने ५४ औँ मिनेटमा अनिल गुरुङले गरे । उनले यमन मगरले दिएको क्रसलाई ट्याप इन गर्दै गोल गरेका थिए ।

यस्तै टुसालका लागि एक मात्र गोल सुनिल धामीले गरेका थिए । उनले सेन्टर लाइनबाट एक्लै बल लाग्दै बाँसबारीका तीन डिफेन्डरहरुलाई बिट गर्दै ७० औँ मिनेट डिबक्स भन्दा निकै बहिरबाट प्रहार गरेको सट सिधै गोल भएको थियो । यस्तै टुसालले ८७ औँ मिनेटमा पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीमा टुसालका लागि अलोन राई चुक्न पुगे ।

जितसँगै बाँसबारी १४ अंकका साथ अंक तालिकामा तेस्रो स्थानमा यथावत रहेको छ । टुसाल भने पराजित भए पछि छैँठौ स्थानमा रहेको छ ।

Click to comment

Trending