Headline

च्याम्पियन्स लिग: चोटग्रस्त रियल म्याड्रिड एट्लान्टा विरुद्ध खेल्दै, सिटी र मोइन्चेनग्लाडब्याच भिड्दै 

Published

on

युएफा च्याम्पियन्स लिग अन्तर्गत बिहीवार राती दुई खेल हुँदै छन् । पहिलो खेलमा १३ औँ पटकको सार्वधिक बिजेता रियल म्याड्रिडले इटालियन क्लब एट्लान्टाको सामना गर्ने छ । यस्तै दोस्रो खेलमा भने इङ्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया मोइन्चेनग्लाड्ब्याचको सामना गर्दै छ ।

पहिलो खेलमा चोटग्रस्त रियल म्याड्रिडलाई एट्लान्टाको चुनौती हुने छ । आफ्नो शुरुवाती एघारको ७ खेलाडी घाइते रहेको रियल म्याड्रिडले निकै युवा टोलीलाई इटाली लगेको छ । रियलका लागि करीम बेन्जेमा,एडेन हजार्ड, डानी कार्भाजाल,एडेर मिलिटाओ,मार्सेलो र सर्जियो रामोस सहित तीन अन्य खेलाडी घाइते रहेका छन् ।

रियल र एट्लान्टा भने यो पटक भिड्न लागेका हुन् । एट्लान्टाले यो भन्दा पहिले स्पेनिस टोली भलेन्सियासँग खेल्दा समग्रमा ८-२ को सहज जित निकालेको थियो । एट्लान्टालाई आज हुने खेल आफ्नो घर एट्लेटी आन्जुरी डि इटालियामा हुने भए पनि केही बिफाईदा भने हुनेछ । एट्लान्टाले आफ्नो घरमा एक खेल पनि जित्न सकेको छैन् ।

खेल नेपाली समय अनुसार १:४५ बजे सुरु हुने छ ।

यस्तै आज हुने दोस्रो खेलमा भने म्यानचेस्टर सिटीले बोरुसिया मोइन्चेनग्लाड्ब्याचको सामना गर्दै छ । इङ्ल्याण्ड सरकारले बह्य उडानमा रोक लगाए पछी यो खेल हङेरीको बुडापेस्टमा हुने छ ।

सिटीले आफ्नो लगातार १८ खेलमा एक खेलमा पनि पराजय भोगेको छैन । मोइन्चेनग्लाड्ब्याच भने बुन्डेसलिगाको आठौँ स्थानमा रहेको छ । सिटी र मोइन्चेनग्लाड्ब्याच बिहीवारको खेल सहित सातौँ पाटक एकअर्का विरुद्ध खेल्दै छन् । सात पटक सिटी विरुद्ध खेलिसक्दा पनि मोइन्चेनग्लाड्ब्याचले भने अहिले सम्म एक खेलमा मात्र जित हात पारेको छ ।

सिटीका लागि केवेन डि ब्रुन फर्किनु निकै फाईदा जनक हुने छ । मोइन्चेनग्लाड्ब्याचका लागि भने यो खेल जितेको खण्डमा अवे खेलको फाईदा रहने छ ।

पुस्कस एरेनामा हुने यो खेल नेपाली समय अनुसार १:४५ मा सुरु हुने छ ।

Click to comment

Trending