अन्तर्राष्ट्रिय

विश्व टेस्ट च्याम्पियनसिपको लक्ष्य सहित भारत र इंग्ल्यान्ड तेश्रो टेस्टमा भिड्दै

Published

on

घरेलु टोली भारत र इंग्ल्यान्ड बीचको तेश्रो टेस्ट आजबाट सुरु हुँदैछ । विश्वकै सबैभन्दा ठुलो क्रिकेट रंगशाला सरदार पटेल रंगशालामा हुने खेल नेपाली समय अनुसार दिउँस २:४५ बजे सुरु हुनेछ ।

चार खेलको टेस्ट शृंखला १-१ को अवस्थामा रहेको छ । पहिलो टेस्ट इंग्ल्यान्डले २२७ रनको फराकिलो अन्तरले जितेको थियो भने दोश्रो टेस्टमा भारतले ३१७ रनको विशाल जित दर्ता गराउन सफल भएको थियो ।

यसै बर्ष जुलाईमा लर्ड्समा आयोजना हुने वर्ल्ड टेस्ट च्याम्पियनसिपमा पुग्न आशा जीवित राख्नका लागि दुबै टोलीले आजको खेलमा जित निकाल्नै पर्ने हुन्छ । तेश्रो टेस्टमा जित हात पारे इंग्ल्यान्डको फाइनल खेल्ने सम्भावना जीवितै रहने छ भने बराबरीमा मात्र सकिएको खण्डमा बाहिरिने निश्चित छ ।

भारत भने हारको सामना गर्न पुगेमा फाइनल खेल्नबाट बन्चित हुनेछ भने बराबरीमा सकिएको खण्डमा अन्तिम टेस्टमा जित निकाल्नै पर्ने हुन्छ । भारतले फाइनल प्रवेसका लागि शृंखला ३-१ अथवा २-१ ले आफ्नो पक्ष्यमा पार्न पर्ने हुन्छ ।

यस अघि न्युजिल्याण्डले फाइनलमा स्थान बनाइसकेका कारण भारत, इंग्ल्यान्ड र अष्ट्रेलिया मध्य एकले मात्र फाइनलमा स्थान सुरक्षित गर्नेछन् । अष्ट्रेलियाले भने भारत र इंग्ल्यान्ड बीचको नतिजा कुर्न पर्ने हुन्छ । इंग्ल्यान्ड र भारत बीचको टेस्ट शृंखला बराबरीमा अथवा इंग्ल्यान्डले २-१ ले जितेको खण्डमा अष्ट्रेलियाले फाइनल खेल्ने अवसर प्राप्त गर्नेछ ।

Click to comment

Trending