Headline

द हन्ड्रेड्सको खेल तालिका सार्वजनिक

Published

on

इंग्ल्यान्डमा आयोजना हुने द हन्ड्रेड्सको खेल तालिका सार्वजनिक भएको छ ।

जुलाई २२ तारिकबाट आयोजना हुने द हन्ड्रेड्सको उद्घाटन खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित ओभल इन्भिन्सिबल्सले म्यानचेस्टर ओरजिनल्सको सामना गर्नेछ ।

द हन्ड्रेड्समा सहभागी आठ टोलीहरुले एक अर्कासँग राउण्ड रोबिन आधारमा खेल्ने छन् भने सहभागी एक टोलीसँग दुई खेल खेल्ने छ । प्रत्येक टोलीले समुह चरणमा कुल आठ खेल खेल्ने छ ।

समुह चरणमा प्रथम स्थान हात पार्ने टोलीले सिधै फाइनलमा प्रवेस पाउने छ भने दोश्रो र तेश्रो हुने टोलीले फाइनल प्रवेसका लागि एलिमिनेटर खेल्ने छन् । प्रतियोगिताको फाइनल खेल अगष्ट २१ तारिकमा आयोजना हुनेछ ।

केहि समय अघि सन्दिपलाई ओभल इन्भिन्सिबल्सले रिटेन गरेको थियो । गत बर्ष एक लाख पाउण्ड (अहिलेको मुल्य अनुसार एक करोड ५९ लाख) मा ओभलले सन्दिपलाई आफ्नो टोलीमा आबद्ध गरेको थियो । तर सन्दिपको यस सिजनको पारिश्रमिक एक लाख पाउण्ड नै हुन्छ अथवा थप घट के हुन्छ यस बारेमा भने केहि खुलेको छैन । यदि सन्दिपले यस बर्ष पनि एक लाख नै पाएको खण्डमा विश्वका विभिन्न फ्रेन्चाइज लिग खेलेका उनले हाल सम्म पाएको यो सबै भन्दा ठुलो रकम हुनेछ।

१०० बलको प्रतियोगिता गत बर्ष जुलाईमा आयोजना हुने कार्यक्रम रहेको थियो । तर कोरोना माहामारीका कारण उक्त प्रतियोगिता रद्द भएको थियो ।

यो हाल सम्मको नै सबै भन्दा छोटो फर्म्याटको प्रतियोगिता हो । यस अघि ट्वान्टी ट्वान्टी नै सबै भन्दा छोटो फर्म्याटको खेल रहेको थियो । ‘द हन्ड्रेड्स’ मा एक टोलीले १०० बल गर्न पाउने छन् । एक जना बलरले एक पटकमा पाँच देखि १० बल सम्म गर्न पाउने छ भने खेल अवधिभर उसले अधिकतम २० बल गर्न पाउने छ ।

Click to comment

Trending