Headline

बि डिभिजन: पुलचोकलाई पराजित गर्दै खुमलटार शिर्ष स्थानमा

Published

on

बि डिभिजन लिग अन्तर्गत मङ्गलबार भएको दोस्रो खेलमा खुमलटार युथ क्लबले पुलचोक स्पोर्टस क्लबलाई ५-२ ले हराउदै शिर्ष स्थानमा उक्लिएको छ ।

खेलमा खुमलटारका लागि महेश राईले दुई गोल गर्दा सविन के.सी,आयुश घलान,मनिष सेंँडाइले एक-एक गोल गरे । पुलचोकका लागि भने मिन बहादुर गुरुङ र किस्मत लिम्बुले गोल गरेका थिए ।

खुमलटारका लागि खेलमा पहिलो गोल २९ औँ मिनेटमा भएको थियो । पुलचोकका गोलरक्षकले राम्रो सँग बललाई नियन्त्रणमा लिना नसक्दा पाएको अवसरलाई खुमलटारका महेश राईले गोल गरेका थिए । खेलमा पछि परे पछि पुलचोक केही दवाबमा रह्यो तर पहिलो हाफको ४० औँ मिनेटमा भने पुलचोकले बराबरी गोल फर्कायो । पुलचोकका लागि डिबक्स बहिरबाट सिधै मिन बहादुर गुरुङले गरेको प्रहारले जाली चुमेको थियो ।

पहिलो हाफ १-१ को बराबरी गरेको पुलचोकले दोस्रो हाफमा भने एक गोल गर्दै चार गोल खान पुग्यो । पुलचोकला लागि दोस्रो गोल ४९ औँ मिनेटमा गरेको थियो । पुलचोकलाई खेलमा पहिलो पटक अग्रता दिलाउन किस्मत लिम्बुले गोल गरेका थिए । तर पुलचोकको अग्रता एक मिनेट पनि टिकेन ।

पेनाल्टी क्षेत्रमा पुलचोकको डिफेन्डरको ह्याण्ड भए पछि खुमलटारले खेल बराबरी गर्ने मौका पाएको थियो । जँहा खुमलटारका सविन के.सी चुकेनन् । यस्तै खुमलटारले तेस्रो गोल ५८ औँ मिनेटमा गर्‍यो । खुमलटारका लागि आयुश घलानले गोल गरेका थिए । यस्तै ६२ औँ मिनेटमा भने खुमलटारका लागि महेश राईले व्यकिगत दोस्रो र टोलीका लागि चौँथो गोल गरे । खुमलटारले पाँचौँ गोल भने ६५ औँ मिनेटमा गरे । खुमलटारका लागि मनिष सेँडाइले गोल गरेका थिए ।

जितसँगै सातदोबाटो युथ क्लब भन्दा एक खेल धेरै खेलेको खुमलटार युथ क्लब १६ अंक सहित शिर्ष स्थानमा रहेको पुलचोक भने १ अंकका साथ ११ औँ स्थानमा रहेको छ ।

 

Click to comment

Trending