Headline

रोनाल्डोको दुई गोलमा युभेन्टस तेश्रोमा उक्लियो

Published

on

क्रिष्चियानो रोनाल्डोले हेडर मार्फत दुई गोल गरेपछि युभेन्टस इटालियन सिरी आ को तेश्रो स्थानमा उक्लिएको छ । युभेन्टसले सोमबार पुछारको क्रोटोनेलाई ३–० ले पराजित गर्यो ।

एक खेल कम खेलेको युभेन्टसको ४५ अंक छ भने शिर्ष स्थानमा रहेको इन्टर मिलानको ५३ । दोश्रो स्थानमा रहेको एसि मिलानको ४९ अंक छ । दुवै मिलान टोलीले २३ खेल खेलेका छन् । क्रोटोनेको १२ अंक छ ।

३८ औं मिनेटमा एलेक्स सान्द्रोको क्रसमा गोल गर्दै रोनाल्डोले युभेन्टलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा आरोन राम्सेले मिलाइदिएको बलमा उनले दोश्रो गोल गरे ।

रोनाल्डोले सिरी आ मा ७० गोल गरिसकेका छन् भने यसको लागि उनले मात्रै साढे दुई बर्ष लगाएका छन् । रोनाल्डोको गोल खाने क्रोटोने युरोपको शिर्ष पाँच लिग प्रतियोगितामा ७८ औं टोली हो ।

रोनाल्डो अहिले पनि सिरी आ शिर्ष गोलकर्ताको रुपमा कायम छन् । १८ गोल गरेका उनी इन्टरका रोमेलु लुकाकुभन्दा दुई गोलले अगाडी रहेका छन् । वेष्टन म्याकेनीले युभेन्टसका लागि तेश्रो गोल गरेका थिए ।

Click to comment

Trending