Headline

भलिबललाई केल्मीको साथ

Published

on

खेल सामाग्री उत्पादन संस्था केल्मे र नेपाल भलिबल संघविच सहकार्य गर्ने गरि सोमबार सम्झौता भएको छ । नेपालका लागि आधिकारीक विक्रेता केल्मे नेपालका तर्फबाट कन्ट्रि डाईरेक्टर प्रदीप न्यौपाने र नेपाल भलिबल संघका तर्फबाट अध्यक्ष मनोरञ्जन रमण शर्माले हस्ताक्षर सहित सम्झौता पत्र आदान प्रदान गरे ।

पहिलो पटक २ बर्षका लागि भएको सम्झौता बमोजिम केल्मेले पहिलो बर्ष महिला र पुरुष नेपाली भलिबल टोलीका लागि २० । २० सेट ट्रायकसुट, नि प्याड, अफिसियल जर्सी, मोजा, जुत्ता, २५० थान भलिबल, नेट र ट्रेनिङ्ग जर्सी प्रदान गर्ने छ । अव नेपाली भलिबल टोलीले स्पेनिस खेल सामाग्री उत्पादक संस्था केल्मेको आधिकारीक सामाग्रीलाई आफ्नो ब्राण्ड बनाउने छ ।

सम्झौता पश्चात बोल्दै डाईरेक्टर न्यौपानेले नेपालको राष्ट्रिय खेल भलिबललाई केल्मीले अग्रभागमा राखेर अगाडी बढेको भन्दै पहिलो पटक २ बर्षको लागि सम्झौता भएको बताए । उनले नेपालमा फुटबलबाट सुरुभएको सहयोगको सिलसिला एपिएफ क्लब हुँदै भलिबल सम्म आईपुगेको बताए । उनले फुटबलमा केल्मेले गरेको सहयोगले अरु कम्पनीहरुले समेत प्रतिस्पर्धा गर्न थालेको भन्दै यो अवस्था भलिबलमा लागु होस् भन्ने कामना रहेको बताए ।

न्यौपानेले खेलाडीहरुको भविष्य सुनिश्चित गर्नु संघको दायित्व भएको भन्दै टिम प्रशिक्षणलाई निरन्तरता प्रदान गरेमा मात्र नतिजा प्राप्त हुने बताए । उनले नेपाली टोलीको आफ्नै लोगो र पहिचानको जर्सी आई पुग्न समय लागेका कारण अहिलेनै मुल्यमा त्यसलाई उजागर गर्न नसकेको र सामान आए पश्चात उक्त कुरालाई उजागर गर्ने बताए ।

Click to comment

Trending