Headline

बिश्वकै ठूलो क्रिकेट स्टेडियममा अभ्यस्त हुनै एक घण्टा

Published

on

भारतका स्टार क्रिकेटर हार्दिक पाण्ड्याले बिश्वकै ठूलो क्रिकेट मैदानको रुपमा रहेको अमदाबादको सरदार पटेल स्टेडियममा अभ्यास्त हुनका लागि नै आफूहरुलाई एक घण्टा लागेको बताएका छन् ।

मोटेरामा रहेको रँगशालालाई भारतले केही समय अघि १ लाख १० हजार दर्शक क्षमताको बनाएको थियो । बुधबार भारत र इङ्गल्याण्डबीचको तेश्रो टेस्टसँगै यसको उद्घाटन हुन गइरहेको छ । यो स्टेडियमको निर्माणसँगै अष्ट्रेलियाको मेलबोर्न क्रिकेट ग्राउण्ड बिश्वको दोश्रो ठूलो क्रिकेट रँगशालाको रुपमा धकेलिएको हो । एमसिजीको दर्शक क्षमता १ लाख २४ रहेको छ ।

“सबै केटाहरुले स्टेडियम निकै मन पराए । इमान्दार भएर भन्नु पर्दा हामीलाई मैदानको साइजसँग अभ्यस्त हुन एक घण्टा जति लागेको थियो । जस्तो सुविधा यो स्टेडियममा छ त्यो देखेर सबैले मन पराउने छन् र म यो भारतमा भएको निकै गर्व मान्छु,” पाण्ड्याले स्टेडियमबाट लिइएको एक सेल्फिसँगै आफ्नो सामाजिक सञ्जालको पोस्टमा लेखेका छन् ।

स्टेडियमको ड्रेसिङ्ग रुमसँगै रहेको जिम यसअघि दुनियामा अन्य कुनै रँगशालामा नदेखेको उनले बताए । “ड्रेसिङ्ग रुमसँगै कनेक्ट भएको जिम मैले कतै पनि देखेको थिइन । मैले पहिलो पटक यस्तो देख्दै थिए,” उनले भने । “म गुजरात क्रिकेट एशोसिएसनले गरेको कामको एकदम सराहना गर्छु ।”

भारत र इङ्गल्याण्डबीच गुजरातमा डे नाइट टेस्ट हुन गइरहेको हो । चार म्याचको टेस्ट श्रृंखला हाल १–१ को बराबरीमा रहेको छ ।

Click to comment

Trending