Headline

ठुलै फिक्सिंग काण्डमा मुछियो बङ्गलादेशी फुटबल

Published

on

बङ्गलादेशी प्रिमियर फुटबल लिग अनलाइन बेटिङ र स्पट फिक्सिङ काण्डमा मुछिएको छ ।

लिगका दौरान दुई क्लब ब्रदर्स युनियन र आराबाग केएसलाई फिक्सिंगको छानबिनमा बङ्गलादेश फुटबलको सरवोच्च निकाय बङ्गलादेशी फुटबल महासंघले दोस्रो पटक ४८ घण्टा भित्र प्रतिवेदन बुझाउन आग्रह गरेको छ ।

एएफसीले उक्त बिषयमा लगतार चासो देखाएपछि महासंघले क्लबहरुसँग प्रतिवेदन माग गरेको हो ।

“दुई-तीन हप्तादेखि हामी धेरै सट्टेबाजी भएका खेलहरूमा काम गर्दैछौं जसमा आराबाग केएस र ब्रदर्स युनियन समावेश छ। शंकास्पद देखिएका खेलहरूको स्थिति वर्णन गर्न हामीले दुई क्लबलाई दोस्रो पटक पत्रहरू पठाएका छौं । हामी उनीहरूलाई मङ्गलबार पनि तेस्रो चिठी पठाउनेछौं,” बीएफएफका महासचिव अबु नईम शोहगले भने । अबु नइमले क्लबहरुको प्रतिवेदन मार्च सम्ममा पठाउने पनि बताए ।

ब्रदर्स युनियनले भने सट्टेबाजीमा आफ्नो कुनै हात नरहेको भन्दै पहिलो पत्रमै लगाएको आरोप अस्विकार गरेको थियो भने आराबागले भने अहिले सम्म कुनै प्रतिवेदन बुझाएको छैन ।

एएफसीले तेस्रो पक्षमार्फत विभिन्न देशहरूमा शीर्ष डिभिजनका लिग खेलको निरिक्षण गरिरहेको छ । बङ्गलादेशको लिगमा भने आराबाग विरुद्ध अबहनी, आराबाग विरुद्ध शेख रसेल, आराबाग विरुद्ध मोहम्मदन एससी, ब्रदर्स विरुद्ध बसुन्धरा किंग्स र ब्रदर्स विरुद्ध अबाहानीको खेललाई एएफसीले शंकास्पद खेलहरु भएको बताएको छ ।

एएफसीको एक प्रश्नको जवाफमा महासंघको प्रतियोगिता प्रबन्धक जबर बिन ताहर अन्सारीले भने: “आराबाग र ब्रदर्स युनियनका विपक्षीहरू यस आरोपमा संलग्न छैनन् त्यही कारण पनि हामीले उनीहरूलाई सोधेका छैनौ ।”

Click to comment

Trending