Headline

फुटबलरहरुको अक्सनसहितको नेपाल सुपर लिग हुँदै

Published

on

नेपालमा पहिलो पटक फुटबल फ्रेन्चाइज लिग हुने भएको छ ।

नेपाल सुपर लिग नाम रहेको उक्त फ्रेन्चाइज लिगमा नेपाल भरीका विभिन्न प्रेदेशहरुबाट प्रतिनिधित्व गर्ने गरि बिभिन्न शहरहरुको फ्रेन्चाइज टोलीहरुको सहभागिता हुनेछ ।

टोलीको नाम र टिम मालिकको जानकारी भने आउन बाँकी रहेको छ ।

सुपर लिगमा अक्सनको माध्यमबाट टिम बनाइने छ भने खेलाडीहरुलाई विभिन्न टिममा बिभाजन गरिनेछ । अक्सन एन्फाले खेलाडीलाई गरेको लिस्टिङको आधारमा हुने छ । प्रतियोगितामा हरेक टोलीले तीन विदेशी खेलाडी राख्न पाउने छ्न् ।

प्रतियोगिता भरी १९ खेल हुने छ भने प्रतियोगिता बैशाख ११ गते देखि २५ गते सम्म त्रीपुरेश्वर स्थित दशरथ रङ्गशालामा हुने छ ।

अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले खेलाडीहरु खाली रहेको समयमा यो सुपर लिग गर्ने भएका कुनै क्लबलाई खेलाडी रिलिज गर्न गार्हो नहुने बताए ।

Click to comment

Trending