Headline

स्मिथले दुई करोडको लागि आफ्नो परिवार छाडेर आईपीएल खेल्छन् जस्तो लाग्दैन : माइकल क्लार्क

Published

on

अष्ट्रेलियन क्रिकेट टोलीका पुर्व कप्तान माइकल क्लार्कले स्टिभ स्मिथलाई जुन पैसामा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि अनुबन्ध गर्यो त्यो पैसामा स्मिथले खेल्नेमा शंका लागेको धारणा व्यक्त गरेका छन् ।

चार दिन अघि चेन्नाईमा भएको मिनी अक्सनमा दिल्लीले दुई करोड २० लाख भारतीय रुपैयाँमा किनेको थियो । १४ औं संस्करणको लागि राजस्थान रोयल्सले स्मिथलाई फुकुवा गरे पछि उनी अक्सनमा गएका थिए । उनले आफ्नो बेस प्राइस (आधार मुल्य) दुई करोड राखे पनि २० लाख मात्र धेरै पाएका थिए ।

सन् २०१५ मा अष्ट्रेलियालाई विश्वकप जिताएका क्लार्कले स्मिथ त्यति थोरै रकम मात्र पाएकोमा आफु निकै आश्चर्य भएको पनि जनाए । त्यस्तै ३९ बर्षिय क्लार्कले आईपीएल सुरु हुनु अघि स्मिथको ह्यामस्ट्रिङमा समस्या आएको खण्डमा आफु अचम्ममा नपर्ने पनि उनले खुलासा गरे ।

‘तपाई स्मिथको कुरा गर्नु हुन्छ भने उनी सायद सबैभन्दा उत्कृस्ट ब्याट्सम्यान नहोलान् । बिराट कोहली उत्कृस्ट ब्याट्सम्यानहरुमा एक नम्बरमा पर्दछन् । तर स्मिथ उत्कृस्ट तीन भित्र पक्कै पर्दछन् । गत संस्करणको आईपीएलमा स्मिथले सोचे अनुरुपको प्रदर्शन गर्न सकेनन् । जुन रकम उनले पाएको राम्रो रकम हो तर पनि स्मिथ जुन प्रकारका खेलाडी हुन् त्यो हिसाबले हेर्दा उनले पाएको रकममा मलाई निकै आश्चर्य लागेको छ,’ स्मिथले भने ।
‘जुन पैसा उनले गत सिजन राजस्थानको लागि खेल्दा पाएका थिए त्यो र अहिलेको रकम देख्दा अन्तिम समयमा स्मिथलाई ह्यामस्ट्रिङको समस्या आएमा अचम्म मान्न पर्ने विषय नै हुँदैन ।’

‘११ हफ्ताको लागि आफ्नो परिवारबाट टाडा बस्नका लागि मात्र दुई करोड । मेरो विचारमा स्मिथले दुई करोडका लागि आफ्नो परिवार छाड्ने छैनन् । कोरोनाका कारण तीन हप्ताको क्वारेन्टिन र आठ हप्ता आईपीएलका लागि बायो बबलमा बस्न पर्ने त्यो पनि थोरै रकमका लागि ।’

तर पनि क्लार्क स्मिथले आईपीएल खेल्दै अरुलाई गलत सावित गर्नेमा आशावादी रहेको जनाए ।

Click to comment

Trending