Headline

वेष्ट ह्यामसँग टोटनह्याम पराजित

Published

on

प्रिमियर लिग अन्तर्गत आईतवार भएको पहिलो खेलमा टोटनह्याम वेष्ट ह्यामसँग २-१ गोलले पराजित भएको छ ।

वेष्ट ह्यामको जितमा मिचेल एन्टोनियो र जेसी लिङार्डले एक-एक गोल गर्दा टोटनह्यामका लागि भने लुकास मोउराले एक गोल गरे ।

खेलको पाँचौँ मिनेटमै वेष्ट ह्यामले अग्रता बनाएको थियो । जरोड बोवेनको राम्रो पासलाई एन्टोनियोले भली गोल गर्दै खेलमा पहिलो गोल गरेका थिए । एक गोल खाइसके पछी दवाबमा आएको टोटनह्यामले पहिलो हाफमा मात्र आठ वटा मौकाहरु गुमाएको थियो ।

पहिलो हाफमा १-० ले पछि परेको टोटनह्यामले दोस्रो हाफको शुरुवातमै दोस्रो गोल खान पुग्यो । वेष्ट ह्यामका लागि यो पटक भने म्यानचेस्टर युनाइटेडबाट लोनमा गएका खेलाडी जेसी लिङार्डले गोल गरेका थिए । उनी हाफ टाइममा सब्स्टिच्युट भएर आए लगतै ४७ औँ मिनेटमा दोस्रो गोल गरेका थिए ।

लिङार्डको यो लगतार तेस्रो खेलमा तेस्रो गोल समेत हो । टोटनह्यामका लागि एक गोल भने ६४ औँ मिनेटमा लुकास मोउराले फर्काए पनि टोलीको हार टार्न सकेनन् ।

वेष्ट ह्यामले जित निकाले सँगै प्रशिक्षक डेभिड मोएसले होजे मोउरिन्होलाई कुनै पनि प्रतियोगितामा पहिलो पटक हराएको छ ।

जितसँगै वेष्ट ह्याम ४५ अंक सहित लिगको चौँथो स्थानमा उक्लिदा टोटनह्याम भने आठौँ स्थानमा रहेको छ।

Click to comment

Trending