Headline

ओसाकाको उदयः लजालु युवतीदेखि चार पटककी ग्राण्ड स्ल्याम च्याम्पियन

Published

on

लोकल फेभरेट जेनिफर ब्रेडीलाई शनिबार अष्ट्रेलियन ओपनको फाइनलमा पराजित गर्दै नाओमी ओसाकाले निकै द्रुत गतिमा महिला कोशेढुँगा पार गरिन् ।

दुनियाँलाई सधै नयाँ नजरबाट हेर्ने र कोर्ट भित्र र बाहिर गम्भिर रहने स्वभावका कारण नै २३ बर्षिय ओसाका अहिले संसारमा सेरेना विलियम्ससँगै सबैभन्दा परिचित महिला एथ्लिट बन्न सफल भएकी छिन् । तर कोर्टबाहिर देखाउने शिष्टता र कोर्ट भित्र च्याम्पियन खेलाडीमा हुने गुणका कारण उनी अन्य भन्दा फरक छिन् ।

“तपाईलाई जेनि भनेको मन पर्छ की जेनिफर ?,” फाइनलमा ब्रेडीलाई हराएपछि बिजयी भाषण दिनुअघि उनले सोधेकी थिइन् । यो ओसाकाको असली चरित्र थियो । सेरेनालाई सेमिफाइनलबाट बाहिर पठाउदा उनले २३ पटककी ग्राण्ड स्ल्याम च्याम्पियनलाई झुकेर सम्मान दिएकी थिइन् ।

न्यु क्विन

यसै साता नयाँ बरियता सार्वजनिक हुदाँ ओसाका बिश्व नम्बर दुई खेलाडी बन्ने छिन् । उनी २०१९ मा नै शिर्ष स्थानमा पुगिसकेकी थिइन् तर लगातार २१ खेलमा अपराजित हुदै हात पारेको यो उपलब्धिले उनी टेनिसको नयाँ रानी रहेको मान्यता स्थापित गर्नेछ ।

एक बर्ष अघि तेश्रो चरणमा १५ बर्षिय कोको गउफसँग पराजित हुँदा उनको अष्ट्रेलियन ओपनको उपाधि रक्षा गर्ने अभियानमा धक्का लाग्दा उनले थेगेको अपेक्षाको भारपछि अहिले स्थिति निकै फरक छ ।

“उनी निकै नर्भस देखिन्थिन्, दवाबमा थिइन् र यो हुनुको कारण उनले आफुले सामना गरिरहेको समस्या कसैलाई भनेकी थिइनन्,” ओसाकाको प्रशिक्षक विम फिसेटले भने । केही हप्तापछि नै उनले फेड कपमा स्पेनकी सारा सोरिबेस टोर्मोबिरुद्ध मात्र तीन खेल जितेपछि ओसाका बिक्षिप्त भइन् ।

“त्यो समयमा धेरै कुराहरु भए । यसैले गर्दा मैले जिन्दगीको बारे सोच्न थाले । मैले अरुलाई साबित गर्न टेनिस खेल्दैछु कि आफूले आनन्द उठाउनको लागि खेलिरहेको छु भन्ने भयो,” ओसाकाले त्यो समयको आफ्नो मनोभाव व्यक्त गरिन् ।

तर महामारीको दौरान सबैकुरा परिवर्तन भयो । नयाँ दृष्टिकोण सहित अघि बढ्न थालेकी ओसाका अमेरिकामा रँगभेदबिरुद्धको लडाइमा चर्को आवाज उठाउने नेतृ बनिन् । सामाजिक अन्यायबिरुद्धकी अभियन्ता बनेपछि उनी मानसिक रुपमै सशक्त बनिसकेकी छिन् ।

धेरै शंकाहरु

“मलाई सबैभन्दा गर्व लागेको कुरा नै आफू मानसिक रुपमा निकै बलियो बन्नु हो । मेरो सोच कहिले माथि त कहिले तल हुने गथ्र्यो । मलाई आफैमाथि निकै शंका थियो । मलाई लाग्छ क्वारेन्टिनको प्रकृया र बिश्वका घट्नाक्रमले मलाई संसार हेर्ने नयँ दृष्टिकोण दिएको थियो,” उनले भनिन् ।

कुनै समय लजालु र स्टारडमबाट असहज महसुस गर्ने गरेकी ओसाकाले आफ्नो लाइमलाइटको प्रयोग गर्दै मेलबर्न पार्कमा बिवादास्पाद बिषयहरुमा आफ्नो धारणा समेत राखिन् । यस क्रममा उनले टोकियो ओलम्पिकका प्रमुख योसिरो मोरीको सेक्सिस्ट टिप्पणीहरुको पनि निन्दा गरेकी थिइन् ।

स्टारडमले आकाश छुदै गर्दा विलियम्सलाई पछि पार्दै बिश्वकै सबैभन्दा धनी महिला एथ्लिट भएपनि ओसाका भने धरातलमै रहेर व्यहार गर्ने गर्छिन् ।

जापानमा अक्टोबर १६, १९९७ मा जन्मिएकी ओसाकाको परिवनर उनी एक बर्षको हुँदा नै अमेरिका बसाई सरेको थियो । हाइटीका नागरिक उनका बुवा लियोनार्डले न्यु योर्कबाट अध्ययनका लागि जापानमै रहदा ओसाकाकी आमा तामाकीसँग भेटेर बिवाह गरेका थिए । फ्लोरिडामा स्थायी बसोबार रहेको उनीसँग अहिले जापान र अमेकिाको दोहोरो नागरिकता रहेको छ ।

२०१६ को अष्ट्रेलियन ओपनबाट ग्राण्ड स्ल्याममा डेब्यु गर्दै उनले आफूलाई ठूलो मञ्चको खेलाडीको रुपमा बिकास गरेकी थिइन् । स्थापित हुनका लागि केही समय लागेपछि २०१८ को निकै बिवादास्पद युएस ओपन फाइनलमा उनले सेरेनालाई सोझो सेटमै पराजित गर्दै सनसनी मच्चाइन् ।

त्यो एक पटकको सफलता मात्रै नरहेको साबित गर्दै उनलै केही महिनामै मेलबोर्न पार्कमा अष्ट्रेलियन ओपन पनि जितिन् । २१ बर्षको उमेरमै ओसाका बिश्व नम्बर एक बनिन् तर उनले निकै अपूर्ण भने महसुस गरिन् ।
“त्यसले (बिश्व नम्बर एक बन्दा) ममाथि निकै दवाब राख्यो किनभने मैले सोच्थे अब म बिरुद्ध बिश्व नै लाग्नेछ,” उनले भनिन् ।

Click to comment

Trending