Headline

फर्नान्डेसको दुई गोलमा युनाइटेडको फराकिलो जित

Published

on

ब्रुनो फर्नान्डेसले दुई गोल गरेपछि म्यानचेस्टर युनाइटेडल रियल सोसिडाडलाई युरोपा लिगमा ४–० ले पराजित गर्दै बिहिबार अन्तिम १६ नजिक पुगेको छ ।

अर्को प्रिमियर लिग टोली टोटेन्ह्याम हट्स्पर पनि ग्यारेथ बेलको आकर्षक खेलको मद्दतमा अष्ट्रियाको उल्फ्सबर्गलाई हराउदै प्रि–क्वार्टरफाइनलको लागि बाटो खुला गर्न सफल भएको छ । स्पर्सले ४–१ को जित निकालेको हो ।

कोरोना भाइरसको कारण टुरिनमा खेलाइएको खेलमा चार अवे गोलपछि युनाइटेड लगभग अर्को चरणमा पुगिसकेको छ । मार्कस रासफोर्डको पासमा फर्नान्डेसले २७ औं मिनेटमै युनाइटेडलाई अग्रता दिलएका थिए ।

दोश्रो हाफ शुरु भएको १२ मिनेटपटि नै फर्नान्डेसले अर्को गोल गर्दै अग्रता दोब्बर पारेका थिए । शुरुवातमा फर्नान्डेसलाई अफ साइड दिइएपनि भिडियो असिस्टेन्ट रेफ्रिको सहयोगमा गोलले मान्यता पाएको थियो । फर्नान्डेसले यो सिजन २१ गोल गरिसकेका छन् ।

युनाइटेडको पेसलाई सोसिडाडले सम्हाल्न गाह्रो परिरहदा रासफोर्डले ६५ औं मिनेटमा तेश्रो गोल गरे भने अन्तिम मिनेटमा ड्यानिएल जेम्सले जितलाई अझै फराकिलो बनाएका थिए ।

अर्को अवे खेलमा फराकिलो जित हात पार्ने क्रममा टोटेन्ह्यामका लागि ग्यारेथ बेलले प्रमुख भुमिका खेले । उनको असिस्टमा सन डिउङ मिनले १३ मिनेटमै स्पर्सलाई अग्रता दिलाएका थिए । बेलले २८ औं मिनेटमा दोश्रो गोल गरे । लुकास मौराले ६ मिनेटपटि नै स्पर्सको अग्रता फराकिलो पारेका थिए भने ५५औं मिनेटमा उल्फ्सबर्गका लागि माइक लेन्डलले सान्त्वना गोल गरे । भिनिसियसले ८८ औं मिनेटमा चौथो गोल गरेका थिए ।

अन्य खेलमा इटालियन क्लब एसि मिलान र प्रिमियर लिग टोली आर्सनल बराबरीमा रोक्किए । एसि मिलान सर्बियाको रेड स्टार बेलग्रेडसँग २–२ को बराबरी खेल्न बाध्य भयो । खेलको अन्तिम समय १० जनामा सिमित बेलग्रेडलाई मिलान पाभ्कोभको ९३ मिनेटको गोलले जोगाएको थियो ।

आर्सनलले पोर्चुगिज टोली बेन्फिकासँग १–१ को बराबरी गर्यो । लेस्टरले पनि चेक रिपब्लिकको स्लाभिया प्रागसँग गोलरहित बराबरी खेल्यो ।

Click to comment

Trending