Headline

प्रतिस्पर्धात्मक बनाइदै सि डिभिजन लिग, कसरी हुनेछन् खेलहरु ?

Published

on

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सि डिभिजन लिग मार्च १ देखि सुरु हुने गरी बिहिवार टाइ शिट निकाल्यो । टाइ शिट निकै नौलो थियो । शायद नेपालमा यसरी लिग बिरलै भएको हुनु पर्दछ ।

नेपाली लिग पिरामिड को तेस्रो डिभिजनको सि डिभिजन लिग पहिले राउन्ड रोबिन अन्तर्गत खेलाइए पनि यो पटक भने प्रतिस्पर्धात्मक बनाउन नयाँ तरिका अपनाइएको लिग व्यस्थापन समितिका संयोजक सन्जिव मिश्रले बताए ।

“पहिले जस्तो यो पटक सी डिभिजन लिग हुने छैन, यो पटक केही नयाँ हुने छ,” मिश्रले विस्पोर्टजलाई भने । मिश्रले नयाँ नियम अनुसार लिग गराउदा सबै टोलीको खेलहरु निकै प्रतिस्पर्धात्मक हुने बिश्वास राखेका छन् ।

वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ कार्यवाहक महासचिव अरुणमान जोशी, केन्द्रीय समिति सदस्यहरू र ’सी’ डिभिजन क्लबका प्रतिनिधिहरू उपस्थित रहेदै निकालिएको टाइ सिट साँचिकै नेपाली फुटबलमा नौलो छ ।
कसरी हुने छ लिग ?

लिगमा दुई समुह हुनेछन् । समुह ए र समुह बि मा रहेका ७–७ टोलीले पहिले आ–आफ्नो समुहबाट राउन्ड रोबिनमा लिग खेल्ने छन् । समुह ए र समुह बि बाट क्रमशः पहिलो,दोस्रो र तेस्रो हुने टोलीले ’सुपर सिक्स’ खेल्ने छन् । एक चरणको सुपर सिक्समा पहिलो, दोस्रो र तेस्रो हुने टोली बी डिभिजनमा बढुवा हुने छन् ।

यस्तै रेलिगेसन जोनमा रहेका दुई क्लबले पनि एक चरणको ’प्ले अफ’ खेल्नु पर्ने हुन्छ । प्ले अफमा पराजित हुने टोली सी डिभिजन क्यालिफायर्समा घटुवा हुने छ ।

यसरी लिग गराउदा लिगमा नयाँ रौनक आउने र हरेक अंक सुपर सिक्सका लागि महत्वपूर्ण हुने हुँदा लिग निकै रोमान्चक हुने मिश्रले बताए ।

Click to comment

Trending