Headline

बिकेनन् सन्दिप

Published

on

चेन्नाईमा जारी १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) को मिनी अक्सनमा नेपालली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने बिकेनन् ।

४० लाख भारतीय रुपैयाँ आधार मुल्य राखेका सन्दिपलाई कुनै पनि टोलीले लिएनन् । पहिलो चरणमा अनसोल्ड भए पनि सन्दिपलाई अक्सनको अन्तिममा कुनै पनि टोलीले आबद्ध गर्न पाउने छन् । तर अन्तिममा सोल्ड भए उनले बेस प्राइस मात्र पाउने छन् ।

२०१८ मा पहिलो पटक दिल्ली क्यापिटल्स (त्यस समयको दिल्ली डेयरडेभिल्स) ले सन्दिपलाई २० लाख भारतीय रुपैयाँमा आफ्नो टोलीमा आबद्ध गर्दा उनी आईपिएल लगायत विश्वको फ्रान्चाइज लिग खेल्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएका थिए ।

त्यसपछि सन्दिपले अष्ट्रेलियाको बिग ब्यास लिग, पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग तथा अफगानिस्तान प्रिमियर लिग जस्ता सबै लिग खेल्न भ्याइसकेका छन् ।

सन्दिपले सबै लिग खेल्दै राम्रो प्रदर्शन गरे पनि पछिल्ला तीन संस्करणको आईपीएलमा मात्र ९ खेल खेल्ने मौका पाएका थिए । उनले ९ खेलमा १३ विकेट लिएका थिए । तर दुखको कुरा के भन्दा सन्दिपले युएईमा सम्पन्न सन् २०२० को संस्करणमा एक खेल पनि खेल्ने अवसर पाएनन् ।

यस पटकको अक्सनका लागि नेपाली टोलीका तिब्र गतिका बलरहरु सोमपाल कामी, करण केसी र अविनाश बोहरा, युवा अलराउण्डर कुशल मल्ल, मध्यक्रमका ब्याट्सम्यान शरद भेषावकर, नेपाली राष्ट्रिय टोलीका उपकप्तान दिपेन्द्र सिंह ऐरी तथा विकेट किपर ब्याट्सम्यान बिनोद भण्डारीले पनि आफ्नो नाम दर्ता गराए पनि सन्दिप बाहेक अन्य पहिलो चरणको छनोटबाट नै बाहिरिएका थिए ।

Click to comment

Trending