Headline

महिला लिग: चन्द्रपुर माथी वालिङको जित

Published

on

राष्ट्रिय महिला लिगमा चन्द्रपुर नगरपालिका रौटहटलाई ३-० पराजित गर्दै वालिङ नगरपालिका,स्याङ्जा तेस्रो स्थानमा उक्लिएको छ ।

वालिङका लागि हिमा रावत,अमिसा कार्की र मेथो एल्डुइ रुथले एक-एक गोल गरिन ।

वालिङका लागि पहिलो गोल १७ औँ मिनेटमा हिमा रावतले गरेकी थिइन । अमिशाको पासमा मेथोले चेस्ट गर्दै मिलाएको बललाई रावतले भलीमा गोल गरेकी थिइन ।

पहिलो हाफ एक गोलले अघि रहेको वालिङले दोस्रो हाफमा दुई गोल थप्यो ।

वालिङका लागि ४७ औँ मिनेटमा मेथोले गोल गरिन भने ५४ औँ मिनेटमा अमिशाले गोल गर्दै टोलीलाई जित दिलाइन ।

जितसँगै वालिङ १७ अंक सहित तेस्रो स्थानमा उक्लिएको छ ।

Click to comment

Trending