Headline

च्याम्पियन्स लिगः हालाण्डको उच्च फर्म जारीमा डर्टमण्ड बिजयी, पोर्टोसँग युभेन्टस पराजित

Published

on

एर्लिङ्ग हालाण्डले च्याम्पियन्स लिगमा आफ्नो उच्च फर्मलाई कायम राख्दै दुई गोल गरेपछि बोरुसिया डर्टमण्डले च्याम्पियन्स लिग अन्तिम १६ को आफ्नो पहिलो लेगमा घरेलु टोली सेभियामाथि ३–२ को रोमाञ्चक जित हात पारेको छ ।

अर्को खेलमा दुवै हाफको पहिलो मिनेटमै १–१ गोल गर्दै एफसी पोर्टोले युभेन्टसलाई २–१ ले हरायो । मेहदी तरेमीले रोड्रिगो बेटाकुरकोको कमजोर ब्याक पासको फाइदा उठाउदै ६२ सेकेण्डमै पार्टोलाई अग्रता दिलाएका थिए ।

युभेन्टसको खासै केही नचलेको खेलमा एड्रियन रेबियोटको एक्रोब्याटिक प्रहार खेल गएको थियो । दोश्रो हाफ शुरु भएको १९ सेकेण्डमै मौसा मरेगाले गोल गरेपछि युभेन्टस दुई गोलले पछि पर्यो । फेडेरिको चिएसाले ८२ औं मिनेटमा गोल गरेपछि मार्च ९ मा हुने दोश्रो लेगका लागि युभेन्टसले एक अवे गोल भने लिएर गयो ।

डर्टमण्डले बुन्डेसलिगामा यो सिजन गरेको निकै निराशाजनक प्रदर्शनलाई पछाडी छोड्दै सेभियाबिरुद्ध महत्वपूर्ण अवे जित निकाल्यो । फर्नान्डो सेजको प्रहार म्याट हमेल्सलाई डिफ्लेक्ट हुदै गोल भएपछि डर्टमण्ड सातौं मिनेटमै पछि परेको थियो ।

महमुद दाहुदले १९ औं मिनेटमा डर्टमण्डको लागि बराबरी गोल गरे भने त्यसपछि खेलमा हालाण्ड छाएका थिए । १३ औं खेलमा १७ औं गोल गर्ने क्रममा हालाण्डले डर्टमण्डलाई अग्रता दिलाए भने ४३ औं मिनेटमा उनले १८ औं गोल पनि गरिहाले ।

८४ औं मिनेटमा लुक डे जोँगले गोल गरेपछि सेभियाले दुरीलाई कम गरेको थियो । हालाण्डले यो सिजन च्याम्पियन्स लिगमा डर्टमण्डबिरुद्ध खेलेका ८ वटै प्रतिद्वन्दीबिरुद्ध गोल गरेका छन् ।

Click to comment

Trending