अन्तर्राष्ट्रिय

दक्षिण अफ्रिकाले आयरल्याण्डको भ्रमण गर्ने

Published

on

दक्षिण अफ्रिकाले एकदिसीय र ट्वान्टी ट्वान्टी शृंखलाका लागि आयरल्याण्डको भ्रमण गर्ने भएको छ । आयरल्याण्ड क्रिकेट बोर्डले जनाए अनुसार दक्षिण अफ्रिकाले भ्रमणका क्रममा समान तीन-तीन एकदिवसीय र ट्वान्टी ट्वान्टी खेल खेल्ने छ ।

दक्षिण अफ्रिकाले १४ बर्ष पछि पहिलो पटक आयरल्याण्डको भ्रमण गर्न लागेको हो । उसले पछिल्लो पटक सन् २००७ मा बेलफास्टमा आयरल्याण्डसँग एकदिवसीय खेल खेलेको थियो ।

दक्षिण अफ्रिकाले आईसीसी क्रिकेट वर्ल्ड कप सुपर लिग अन्तर्गतको खेलका लागि आयरल्याण्डको भ्रमण गर्न लागेको हो । जुलाई ११ देखि २५ सम्ममा उसले तीन एकदिवसीय र तीन ट्वान्टी ट्वान्टी खेल खेल्ने छ ।

घरेलु टोली आयरल्याण्ड र दक्षिण अफ्रिका बीचको एकदिवसीय खेलहरु जुलाई ११, १३ र १६ तारिकमा हुनेछ भने जुलाई २०, २२ र २५ मा ट्वान्टी ट्वान्टी हुनेछ । यस अघि दक्षिण अफ्रिका र आयरल्याण्ड पाँच पटक एकदिवसीयमा आमुन्ने सामुन्ने हुँदा सबै खेलमा दक्षिण अफ्रिकाले जित निकाल्न सकेको थियो भने दुई टोली ट्वान्टी ट्वान्टीमा पहिलो पटक एक अर्कासँग खेल्ने छन् ।

यसै बीच जिम्बाब्वेले पनि समान ३-३ एकदिवसीय र ट्वान्टी ट्वान्टी खेलका लागि आयरल्याण्डको भ्रमण गर्ने भएको छ । अगष्टमा जिम्बाब्वेले गर्ने भ्रमणको सुरवात एकदिवसीय खेलबाट गर्नेछ । एकदिवसीय खेलहरु क्रमश छ, आठ र ११ तारिक तथा १५, १७ र २० तारिकमा हुनेछन् भने ट्वान्टी ट्वान्टी खेलहरु १५, १७ र २० तारिकमा हुनेछन् ।

Click to comment

Trending