Headline

एपिएफको बिजयी यात्रा कायमै, बिराटनगर पराजित

Published

on

एपिएफले जारी महिला राष्ट्रिय लिगमा बिजयी यत्रा कायम राखेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार भएको खेलमा विराटनगर महानगरपालिकालाई १-० गोलले पराजित गर्दै एपीएफले जितको यात्रालाई कायम राखेको हो ।

एपीएफको जितमा अनिता केसीले मात्रै एक निर्णायक गोल गरिन ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि खेलको ५५ औं मिनेटमा अनिताले निर्णायक गोल गरेकी हुन् ।

जितसंगै च्याम्पियन एपीएफले लगतार ११ औँ जित निकालेको छ ।

दुई खेल अगावै च्याम्पियन बनेको एपीएफले ११ खेलमा ३३ अंक जोडेको छ ।

Click to comment

Trending