Headline

तथ्यांकमै एमबाप्पेले मेस्सी र रोनाल्डोलाई पछाडी छोडिसकेका छन्

Published

on

जताजतै किलियन एमबाप्पेको चर्चा छ तर यसको उनको ट्रान्सफरसँग कुनै लिनु–दिनु छैन । च्याम्पियन्स लिग अन्तिम १६ को खेलमा मङ्गलवार बार्सिलोनालाई उसकै घरमा ४–१ ले ध्वस्त पार्दा पिएसजीले गरेको टुर डे फोर्स प्रदर्शनका मुख्य फोर्स एमबाप्पेले ह्याट्रिक नै पुरा गरेका थिए ।

एमबाप्पेको प्रदर्शनमा मिहिनेत देखिएको थियो भने उनको त्यो ह्याट्रिक किन पनि महत्वपूर्ण थियो भने पिएसजीको टिममा अर्का स्टार ब्राजिलियन नेमार र अर्जेन्टिनी एन्जल डि मारिया नै थिएनन् ।

लियोनल मेस्सी र क्रिष्चियानो रोनाल्डो आफ्नो करिअरको अन्त्यमा आउदा बिश्व फुटबलले उनीहरुको स्थान लिन सक्ने खेलाडी खोज्नु स्वभाविक नै हो । २०१८ को बिश्वकपमा फ्रान्सको जितमा १८ बर्षको उमेरमा नै महत्वपूर्ण भुमिका निर्वाह गरेका एमबाप्पे त्यही भएर यसको लागि असली दाबेदारको रुपमा हेरिएका छन् ।

तर पछिल्लो तीन च्याम्पियन्स लिगके तथ्यांक हेर्ने हो भने एमबाप्पेले तीन दुई खेलाडीलाई पनि आफ्नो प्रदर्शनले पछाडी छोडिसकेका छन् । चाहे त्यो गोल गरेर होस, असिस्ट दिएर होस अथवा टिमको प्रदर्शनको प्रमुख हिस्सा बनेर ।

१७ बर्षको उमेरमा नै मोनाकोका लागि खेल्दै च्याम्पियन्स लिगमा डेब्यु गरेका एमबाप्पेले कुल ४१ गोलमा १७ गोल गरिसकेका छन् । लामो समयको अनुभव बटुल्दै आएको मेस्सी र रोनाल्डोले अहिले च्याम्पियन्स लिगमा जे गर्दै छन् त्यसलाई एमबाप्पेले आफ्नो शुरुवाती करिअरमै गरिसकेका छन् ।

हेरौं २०१८ देखि अहिलेसम्म यी तीन खेलाडीको च्याम्पियन्स लिगमा कस्तो छ प्रदर्शन ?

लियोनल मेस्सी

मिनेटः १९४८
गोलः १९ (पाँच पेनाल्टी)
असिस्टः ८
प्रति खेल शटः ४.४३
पासिङ्ग प्रतिशतः ८४.९

क्रिष्चियानो रोनाल्डो

मिनेटः १८२१
गोलः १४ (एक पेनाल्टी)
असिस्टः ३
प्रति खेल शटः ४.८७
पासिङ्ग प्रतिशतः ८३.१

किलियन एमबाप्पे

मिनेटः १८९४
गोलः १४ (एक पेनाल्टी)
असिस्टः १३
प्रति खेल शटः ३.६
पासिङ्ग प्रतिशतः ८१.७

 

 

Click to comment

Trending