Headline

आर्मीले पुलिससँग बराबरी खेल्दा एपिएफ महिला लिग च्याम्पियन

Published

on

बिभागिय डर्बीमा नेपाल पुलिस क्लबसँग बराबरी खेले पछि त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिगको उपाधि एपिएफलाई सुम्पिएको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिस र आर्मीले १-१ को बराबरी खेले पछि एपिएफले उपाधी जितेको हो ।

आर्मीलाई बराबरीमा रोक्ने क्रममा पुलिसका लागि अमृता जैँशी र आर्मीका लागि रष्मी घिसिङले गोल गरे पनि उपाधि होडमा कायम राख्न सकिनन ।

पुलिसका लागि पहिलो हाफमा अर्मिता जैँसीले हेडिङ गोल गरेकी थिइन । उनले १७औँ मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएकी थिइन ।

दोस्रो हाफमा भने पुलिसले बराबरी गोल खायो । आर्मीका लागि ५३ औँ मिनेटमा रष्मीले गोल गर्दै खेल बराबरी गरेकी थिइन ।

यस्तै पुलिसले दोस्रो हाफको ८७ औँ मिनेटमा पाएको पेनाल्टी सदुपायोग गर्न सकेन । रेखा पौडेललाई डिबक्समा लडाए पछि पाएको पेनाल्टीलाई कप्तान घिम कुमारीले धेरै बहिर प्रहार गरिन ।

आर्मीको बराबरी सँगै एपिएफले महिला लिगको उपाधी जितेको हो ।  एपिएफको दुई खेल बाँकी हुदा ४ अंकको अग्रता रहेको छ ।

Click to comment

Trending