Headline

इङ्गल्याण्डसँगको श्रृंखलाबाट बिसिसिआईले गर्ने आम्दानी कति होला ? अनुमान लाउन पनि कठिन छ ।

Published

on

इङ्गलिस क्रिकेट टोली अहिले भारतको भ्रमणमा रहेको छ । भारत भ्रमणका क्रममा उसले चार टेस्ट, पाँच एकदिवसीय र तीन ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियको श्रृंखला खेल्दै छ । टेस्ट श्रृंखला १–१ को अवस्थामा रहेको छ ।

भारतीय क्रिकेट टोलीको क्रेजले गर्दा जारी श्रृंखलाबाट भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले कति पैसा आम्दानी गर्ला, अनुमान लगाउन सक्नु हुन्छ ? छोड्दिनुस यो हामीले नसोचेको कुरा नै हो । धेरै दिमाग खेलाएर कामै छैन ।

१२ वटा खेलबाट भारतीय क्रिकेट बोर्डले १ सय ४० मिलियन डलर अर्थात् १४ करोड डलर आम्दानी गर्नेछ ।

विश्वको सबैभन्दा धनि खेलकुद संस्था मध्येको एक बिसिसिआईको सबैभन्दा ठुलो आम्दानीको स्रोतहरु हुन् टेलिभिजन प्रशारण अधिकार, घरेलु श्रृंखलाका लागि मुख्य प्रायोजक र राष्ट्रिय टोलीको मुख्य प्रायोजक ।

सन् २०१२ देखि २०१७ सम्मका लागि टेलिभिजन प्रशारण अधिकारका लागि ३८ सय ५१ करोड भारतीय रुपैयाँ खर्चेको स्टार इन्डियाले सन् २०१८ देखि २०२३ सम्मका लागि ६१ सय ३८ करोड भारतीय रुपैयाँ अर्थात ९४४ मिलियन डलरमा सम्झौता गरेको थियो ।

जस अनरुप बिसिसिआईले इङ्गल्याण्ड विरुद्धको प्रत्येक खेलका लागि ६० दशमलब एक करोड भारु पाउने छ । त्यस्तै १२ खेलका लागि उसले ७ सय २१ दशमलब दुई करोड अर्थात् ९९ दशमलब दुई मिलियन डलर आम्दानी गर्नेछ ।

त्यस्तै बिसीसीआईले आफ्नो प्रायोजकहरु, बाइजुस, पेटिएम, ड्रिम ११, अम्बुजा सिमेन्ट, ह्युन्डाई र मोबाइल प्रिमियर लिगबाट मात्र १ सय ४० करोड अर्थात १९ मिलियन डलर आम्दानी गर्छ ।

सन् १९९८ सम्म खासै ठुलो आम्दानी गर्न नसकेको बिसिसिआई त्यसपछि मात्रै आर्थिक रुपमा सबैभन्दा बलियो क्रिकेट बोर्ड बन्न सफल भयो । सन् १९९८ मा जब उसले पब्लिक ब्रोडकास्टर प्रशार भारतीसँग २ सय ३० करोडको सम्झौता गर्यो त्यस पछिका बर्षहरुमा झन धेरै आम्दानी गर्न थाल्यो ।

प्रशार भारतीसँगको सम्झौता सक्किए पछि बिसिसिआईले निम्बस कम्युनिकेसन्ससँग २ हजार करोडको सम्झौता गर्यो । त्यस पछि सन् २०१२ बाट उसले स्टार इन्डियासँग दुई पटक गरेर सन् २०२३ सम्मका लागि सम्झौता गरेको छ जसको कुल रकम १० हजार करोड हुन जान्छ ।

Click to comment

Trending