Headline

लाइपजिगलाई हराएपछि क्लोपले पाएको राहत

Published

on

च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा जर्मन टोली आरबी लाइपजिगमाथि २–० को जित धेरैको लागि अनपेक्षित रहेको लिभरपुल व्यवस्थापक योर्गन क्लोपले बताएका छन् ।

लाइपजिगमा कोभिड–१९ को प्रतिबन्धका कारण हँगेरीको राजधानी बुडोपेस्टमा भएको खेलमा मोहम्मद सलाह र सादियो मानेले दोश्रो हाफमा पाँच मिनेटको अन्तरमा गोल गरेपछि लिभरपुलले महत्वपूर्ण अग्रता लिएको छ । इङ्गलिस प्रिमियर लिगमा लगातार तीन पराजयपछि क्लोपले उपाधिका लागि हात उठाइसक्दा लिभरपुलको लागि यो नतिजा आएको हो ।

निरन्तर गल्ति गरिरहेको जर्मन टोली लाइपजिगबिरुद्ध लिभरपुल मङ्गलवार अघिल्लो सिजनको जस्तो बलियो टोली देखिएको थियो । उसको अनुभवी टोलीले निकै उत्कृष्ट खेल पस्केको थियो ।

“अहिलेको स्थितिलाई मुल्यांकन गर्दै धेरैले हामी यो खेलमा पनि खस्कने अपेक्षा गरेका थिए । तर मेरो केटाहरुले थिएनन् र म यसमा भने खुशी छ् । यो यस्तो खेल हो जुन हामीलाई चाहिएको थियो । लाइपजिग निकै खतरनाक बन्न सक्छ । उनीहरु शारिरिक खेल खेल्छन् तर आजको खेल हामी नियन्त्रणमा लिन सफल भयौं,” क्लोपले खेलपछि भने ।

लिभरपुलले पोजेसनमा डोमिनेट गर्दै राम्रो अवसरहरु सृजना गरेपनि लाइपजिगको दुई डिफेन्सिभ गल्तिहरुका कारण खेल उसको हातबाट पूर्ण रुपमा खुस्किएको थियो । सलाहले राम्रो सतर्कता देखाउदै कमजोर ब्याक पासलाई खोस्दै ५३ औं मिनेटमा पहिलो गोल गरेका थिए ।

नोर्डी मुकिएलीको कमजोर क्लियरेन्सको फाइदा उठाउदै मानेले बिजयी गोल गरेका थिए । लिभरपुललाई भाग्यले पनि साथ भने दिएको थियो । खेल शुरु भएको पाँच मिनेटमा नै एन्जेलिनोको क्रसमा ड्यानी ओल्मोले प्रहार गरेको हेडर पोस्टको मुनि लागे पनि गोल लाइन कटेको थिएन ।

Click to comment

Trending