Trending

महिला लिग : चन्द्रपुर बिजयी , चौदण्डीगढीको लगातार एघारौं हार

Published

on

राष्ट्रिय महिला लिग अन्तर्गत मंगलबार भएको खेलमा चन्द्रपुर नगरपाकिला रौटहटले चौदण्डीगढी नगरपालिका उदयपुरलाई २-१ ले हराएको छ ।

सातबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चन्द्रपुरको जितमा रजनी ठोकर र दिलकुमारी राना मगर ले एक-एक गोल गरिन । चौदण्डीगढीका लागि भने मनिता तामाङले एक गोल गरिन ।

दोस्रो चरणको लिगको अन्तिम चार मद्धे तीन खेलमा लगातार गोल गरे पनि चौदण्डीगढीले जित निकाल्न सकेन ।

चौदण्डीगढीले पहिलो हाफमा थपिएको इन्जुरी टाइममा पहिलो गोल खान पुगेको थियो । चन्द्रपुरका लागि रजनी ठोकरले गरेको प्राहार देबिका श्रेष्ठको हातबाट चिप्लिए पछि गोल भएको थियो ।

पहिलो हाफमा एक गोल गरेको चन्द्रपुरले दोस्रो हाफमा एक गोल थप्दा अर्को एक गोल पनि खाएको थियो । चन्द्रपुरले दोस्रो हाफको ६७ औँ मिनेटमा भने खेलको दोस्रो गोल गरेको थियो ।

चन्द्रपुरका लागि दिल कुमारी राना मगरले गोल गर्दै खेल २-० स्थितीमा पुर्याएको थियो । तर त्यस गोलको एक मिनेट पनि नबित्दै ६८ औँ मिनेटमा चौदण्डीका लागि मनिता तामाङले गोल गर्दै खेल २-१ को स्थितीमा पुर्याएकी थिइन ।

मनिताले एक गोल फर्काए पनि बिजयी गोल निकाल्न नसक्दा चौदण्डीले लगतार ११ औँ पराजय भोग्न बाध्य भयो ।

चन्द्रपुरले जित सहित ९ अंक सहित छैँठौ स्थानमा रहेको छ भने चौदण्डीगढीले भने खाता खोल्न सकेको छैन ।

Click to comment

Trending