राष्ट्रिय

राष्ट्रब्यापी अन्तर–वडा टेबल टेनिसमा एक हजार खेलाडी

Published

on

स्पिन इभेन्ट्सले चैत २ देखि ७ गतेसम्म राष्ट्रब्यापी अन्तर वडा टेबल टेनिस च्याम्पियनसिप आयोजना गर्ने भएको छ ।

अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा लैनचौर स्थिति राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा नेपाल भरिबाट कम्तिमा एक हजार खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

खेलाडी छनोटका लागि सबै ७ हजार वटै वडामा पत्राचार गरिएको नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द बैद्यले जानकारी दिए । प्रतियोगितामा नेपालमा रहेका टप १६ बाहेकका खेलाडीहरुको सहभागिता रहनेछ ।

“हामीले कोभिड–१९ का कारण प्रभावित बनेका खेलाडीहरुलाई केही प्रोत्साहन मिलोस भनेर नै यो प्रतियोगिताको आयोजना गर्न गइरहेका हौं,” स्पिन इभेन्ट्सका अध्यक्ष सुमन शाक्यले जानकारी दिए ।

प्रतियोगितामा पुरुष तथा महिला सिँगल, डबल, टिम इभेन्ट र भेटेरान सिँगल्समा प्रतिस्पर्धा गराइनेछ । महिला तथा पुरुष सिँगलका बिजेता तथा उपबिजेताले ३० हजार र १६ हजार रुपैया प्राप्त गर्ने छन् । सेमिफाइनलमा पराजित हुनेहरुले ७ हजार ५ सय पाउने छन् । यस्तै भेटेरान सिँगलका बिजेताहरुलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

सबैभन्दा बढी मेडल जित्ने वडाले शिल्ड प्राप्त गर्नुका अतिरिक्त ५० हजार नगद पनि पाउने छन् ।

यसैबीच आयोजकले भ्याली कन्स्ट्रक्सन प्राइभेट लिमिटेडलाई मुख्य प्रायोजकको रुपमा पनि भित्र्याएको छ । स्पिन इभेन्ट्सका अध्यक्ष शाक्य र कम्पनीका प्रबन्ध निर्देशक रविन्द्र महर्जनले मङ्गलवार एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

प्रायोजकको रुपमा निर्माण कम्पनीले आयोजकलाई प्रतियोगिताको बजेटको आधा रकम (९ लाख ७५ हजार) उपलब्ध गराउने छ ।

Click to comment

Trending